बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २४, २०७५
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • बैतडी, २४ वैशाख- बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् ।
  • बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१० अनारखोलीमा आज सोमबार बिहान पौने ३ बजे दुर्घटनामा परेको हो ।
  • बिग्रेर सडकमा रोकिराखेको बस पछाडि सरेपछि सडकबाट तल अर्को घुम्तीमा खसेको थियो ।

बैतडी, २४ वैशाख- बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१० अनारखोलीमा आज सोमबार बिहान पौने ३ बजे दुर्घटनामा परेको हो ।

बिग्रेर सडकमा रोकिराखेको बस पछाडि सरेपछि सडकबाट तल अर्को घुम्तीमा खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडीसमेत चल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बस चालक कञ्चनपुरको बेदकोट-४ का ३५ वर्षीय लोकेन्द्र थापा, सोही ठाउँका २२ वर्षीया सुस्मिता ऐरी, ८ वर्षीय आदर्श धामी, १६ वर्षीया पशुपति ऐरी, दार्चुला अपिहिमाल गाउँपालिका–५ का २८ वर्षीय शेरसिंह धामी, ५ वर्षीय रुपेश धामी, २२ वर्षीया बाग्मती धामी, रिजन धामी, १० वर्षीया हेमन्ती धामी, ८ वर्षीय विवेक धामी र ५ वर्षीय नितेश धामी रहेका छन् ।

यस्तै अन्य घाइतेमा बैतडीको दशरथचन्द नगरपालिका–२ का १९ वर्षीय वसन्त बोहरा, दार्चुला शैल्यशिखर नगरपालिका–७ का २२ वर्षीय रमेश खत्री र दार्चुला गुल्जर घर भई हाल कैलालीको रामपुर बस्दै आएका ५५ वर्षीय डंकुरे महरा रहेका छन् ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइतेको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने
कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने
देशको इज्जत राखेको भन्दै प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई
देशको इज्जत राखेको भन्दै प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई
साढे ५ हजार उखु किसानले पाएनन् सरकारी अनुदानवापतको ६ करोड
साढे ५ हजार उखु किसानले पाएनन् सरकारी अनुदानवापतको ६ करोड
सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग ठप्प: पहाड र तराई जोड्ने सडक अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र
सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग ठप्प: पहाड र तराई जोड्ने सडक अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र
काठमाडाैबाट सिन्धुली जाँदै गरेकाे बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
काठमाडाैबाट सिन्धुली जाँदै गरेकाे बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
माओवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश  गर्‍यो
माओवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश गर्‍यो
जीप र पिकअप भ्यान ठोक्किदा ३ को मृत्यु
ओलीका कारण दाहाल–नेपाल फेरि सडकमा
ओलीका कारण दाहाल–नेपाल फेरि सडकमा
जिप दुर्घटनामा परी ११ जनाको मृत्यु (अपडेट)
जिप दुर्घटनामा परी ११ जनाको मृत्यु (अपडेट)
बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी
बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी

तपाईंले छुटाउनुभयो कि?