बजेटले फजुल खर्च नियन्त्रणका विभिन्न प्रावधान राखेकामा स्वागत

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३, २०८०
|
|
६७ पटक हेरिएको
Shares
बजेटले फजुल खर्च नियन्त्रणका विभिन्न प्रावधान राखेकामा स्वागत

सारांश

  • काठमाडौँ ।
  • बहस मण्डपले आगामी आव २०८०/८१ का नीति तथा कार्यक्रम र बजेटले फजुल खर्च नियन्त्रणका लागि विभिन्न प्रावधान राखेकामा स्वागत गरेको छ ।
  • विकास आयोजनाका काम छिटोछरितो गराउने र समयमा आयोजना सम्पन्न गर्ने सम्बन्धमा विभिन्न कार्य प्रव्रिmयालाई सरलीकरण गरिनु पनि यसको सबल पक्ष भएको प्रतिक्रया बूढानीलकण्ठ–१०, कपन, निलोपुलमा गत वर्ष गठित मण्डपले जनाएको छ ।

काठमाडौँ । बहस मण्डपले आगामी आव २०८०/८१ का नीति तथा कार्यक्रम र बजेटले फजुल खर्च नियन्त्रणका लागि विभिन्न प्रावधान राखेकामा स्वागत गरेको छ ।
विकास आयोजनाका काम छिटोछरितो गराउने र समयमा आयोजना सम्पन्न गर्ने सम्बन्धमा विभिन्न कार्य प्रव्रिmयालाई सरलीकरण गरिनु पनि यसको सबल पक्ष भएको प्रतिक्रया बूढानीलकण्ठ–१०, कपन, निलोपुलमा गत वर्ष गठित मण्डपले जनाएको छ ।

संस्थाले पञ्चवर्षीय योजनाका आधारमा कार्यव्रmम तथा बजेट बन्नुपर्नेमा पहुँचका आधारमा आयोजना छनोट गरी कार्यव्रmम तथा बजेट बनाइएको, पञ्चवर्षीय योजनालाई बेवास्ता गर्दै सांसद क्षेत्र विकास कार्यव्रmमका नाममा दुर्लभ राजश्व छर्ने काम गरिएको र सङ्घको यस प्रकारको तजबिजी कार्यव्रmमको सिको प्रदेशले समेतले गरेको भनी असन्तोष जनाएको छ ।

सामाजिक सुरक्षा भत्तामा हुने फजुल खर्च नियन्त्रणका लागि निम्नवर्गका नागरिक पहिचान गरी भत्ता वितरण गर्ने कुरालाई बेवास्ता गर्दै हुनेखाने वर्गलाई समेत यस्तो भत्ता वितरण गर्ने पुरानो नीतिलाई बजेटमा यथावत् राखिएको, अनावश्यक ठाउँमा विमानस्थल बनाउने र विश्वविद्यालय थप गरेर देशलाई ठुलो आर्थिक भार पार्ने विषयलाई रोक लगाउने कुनै कुरो नबोलिएको तथा तल्लो वर्गलाई आर्थिक भार पर्ने गरी करका दर निर्धारण गरिएको आलोचना गरिएको छ ।

लगभग रु ११ खर्ब राजश्व उठाउन सकिने अवस्थामा करिब रु १७ खर्बको बजेट देशको यथार्थसँग मेल नखाएको, देशको आर्थिक विकासका लागि जलस्रोत, कृषि, वन, पर्यटन र शिक्षा क्षेत्रमा फड्को मार्ने प्रकारका कार्यव्रmम नदेखिएको, दुई चौमासिक त्यत्तिकै बिताएर तेस्रो चौमासिकका अन्त्यमा मात्र हतारहतार काम सक्ने नियतले बजेट खर्च गर्ने प्रवृत्ति नियन्त्रणका सन्दर्भमा एवं तोकिएका समयमा आयोजना सम्पन्न गर्न नसकेको जिम्मेवारी कसको भन्ने सन्दर्भमा केही नबोलिएको भनी संस्थाले टिप्पणी गरेको छ ।

छलफल कार्यव्रmमको सहजीकरण बैंकर भुवन दाहाल र नेपाल राष्ट्र बैङ्कका पूर्वनिर्देशक बलराम पराजुलीले गरेका थिए । संस्थाले हरेक महिनाको पहिलो शुव्रmबार वित्त, पर्यटन, बैंकिङ, सञ्चार आदि विविध विषयमा छलफल आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस महामन्त्री शशांकको ३ हजार मतको अग्रता
काँग्रेस महामन्त्री शशांकको ३ हजार मतको अग्रता
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र  डिएसपी !
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र डिएसपी !
वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?
वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
सुरज मगरको मेराे गित बैशाखमा ।
सुरज मगरको मेराे गित बैशाखमा ।
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
बुटवलको प्रमुखमा एमालेका शिव
बुटवलको प्रमुखमा एमालेका शिव
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
सगरमाथा पुग्ने पहिलो शेर्पा महिला पत्रकार ?
सगरमाथा पुग्ने पहिलो शेर्पा महिला पत्रकार ?

तपाईंले छुटाउनुभयो कि?