मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २८, २०७५
|
१
|
५५ पटक हेरिएको
Shares
मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी’

सारांश

  • वैशाख २८, काठमाण्डौ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् ।
  • जनकपुर अयोध्या बस सेवा सुरु गर्ने क्रममा भारतीय मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकोमा खुसी व्यक्त गरेका हुन् ।

वैशाख २८, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् ।

जनकपुर अयोध्या बस सेवा सुरु गर्ने क्रममा भारतीय मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर
आएकोमा खुसी व्यक्त गरेका हुन् ।

उनले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतबासीका लागि भएको बताए ।
प्रधानमन्त्री ओलीले पनि मोदीसँग सिंगो प्रतिनिधिमण्डललाई स्वागत गरे । अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको भन्दै भने, ‘आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’

संक्षिप्त सम्बोधनका क्रममा मोदीले क्रममा राजा जनक र ‘जानकी माता’को दर्शनको प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए ।

‘एकादशीको यो अवसरमा माता जानकीको दर्शन गर्न पाँउदा म अत्यन्त खुसी छु । भारतीय प्रधानमन्त्रीको हैसियतले पहिलो पटक माता जानकीको दर्शन गर्न पाउँदा खुसी छु,’ मोदीले भने ।

यसको राम्रो प्रबन्ध मिलाइदिनु भएकोमा ‘मेरा भाइसाब’ प्रधानमन्त्री ‘कोली’ (ओली)जी, केन्द्र सरकार, राज्य सरकार, नगर सरकार र सबै उपस्थित जनतालाई धन्यवाद दिन चाहन्छु ।’ मोदीको भनाई थियो ।

जनकपुरधामस्थित जानकी मन्दिरमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी भएको बताएका छन् ।

मोदीको जानकी मन्दिरमा पूजापछि सम्बोधन गर्दै ओलीले जनकपुरधामको एतिहासिकताबारे चर्चा गरेका थिए । जनकपुरधाम जस्तो पावन भूमिमा मोदीको स्वागत गर्न पाउँदा सम्पूर्ण जनकपुरबासी तथा सम्पूर्ण नेपाली खुशी भएको बताएका ओलीले बताए ।

भारत र नेपालको पौराणिक सम्बन्धबारे ओलीले चर्चा गर्दै मोदीलाई नागरिक अभिनन्दन गर्न पाउँदा आफु निकै खुशी भएको बताए ।

(https://chiringa.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mongol Gunjan

    ईश खुशी!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटै भवनबाट तीन वडा कार्यालय सञ्चालन
एउटै भवनबाट तीन वडा कार्यालय सञ्चालन
५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु
५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु
कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक
सकियो अदालतको शरणमा पुगेका रेशम चौधरीको बयान
सकियो अदालतको शरणमा पुगेका रेशम चौधरीको बयान
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
आईसीसीले परिवर्तन गर्यो नियम, फाइनलमा कुनै टीमले नजितेसम्म सुपर ओभर जारी रहने
आईसीसीले परिवर्तन गर्यो नियम, फाइनलमा कुनै टीमले नजितेसम्म सुपर ओभर जारी रहने
धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन
धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन
५ वर्षमै एमसीसी सक्ने सरकारको लक्ष्य
५ वर्षमै एमसीसी सक्ने सरकारको लक्ष्य
भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !
भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !

तपाईंले छुटाउनुभयो कि?