दमक गोल्डकप फुटबलको उपाधी नेपाल पुलिस क्लवलाई
सारांश
- अस्बिन खड्का, वैशाख २९- झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधी नेपाल पुलिस क्लबले जितेको छ ।
- मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
- शुक्रबार भएको फाइनल खेलमा फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले ८८ औँ मिनेटमा हेडमार्फत गोल गरेपछि खेलको निर्णायक बनेको थियो ।
अस्बिन खड्का, वैशाख २९- झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । शुक्रबार भएको फाइनल खेलमा फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले ८८ औँ मिनेटमा हेडमार्फत गोल गरेपछि खेलको निर्णायक बनेको थियो ।
उपाधिसँगै पुलिसले १३ लाख ११ हजार रुपियाँ नगद प्राप्त गयो । उपविजेता मनाङले ६ लाख ११ हजार रुपियाँमा चित्त बुझाउनुपरेको छ । प्रतियोगितामा उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेम, उत्कृष्ट मिडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्तरुपमा तीन(तीन गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स र एपिएफका हरि कार्की घोषित भएका छन् ।
गोकर्ताले जनही २५ हजार रुपियाँ र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित हुँदै मोटरसाइकल प्राप्त गरे । वैशाख १९ गतेदेखि शुरु भएको प्रतियोगिता दमक नगरपालिकाको आयोजनामा भएको भएको गोल्डकपमा आयोजकसहित १० टिमको सहभागिता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले बताए । उपाधि विजेता टिमलाई ९एन्फा० का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतिक्रिया