दाङमा क्षयरोगी बढे

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३०, २०७५
|
|
५० पटक हेरिएको
Shares
दाङमा क्षयरोगी बढे

सारांश

  • तुलसीपुर, दाङ, ३० वैशाख, दाङमा वितेको १० महिनाको अवधिमा ९४५ जना क्षयरोगका बिरामीहरु फेला परेका छन् ।
  • जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बढेका बिरामीसँगै हाल जिल्लामा एक हजार ३०० जना क्षयरोगका बिरामीले डट्स प्रविधिबाट उपचार गरिरहेको जनस्वास्थ्य दाङका अधिकृत डम्बरबहादुर कँवरले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार जिल्लाका विभिन्न शहरबाट बर्षेनी नयाँ बिरामी थपिने गरेका छन् ।

तुलसीपुर, दाङ, ३० वैशाख, दाङमा वितेको १० महिनाको अवधिमा ९४५ जना क्षयरोगका बिरामीहरु फेला परेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बढेका बिरामीसँगै हाल जिल्लामा एक हजार ३०० जना क्षयरोगका बिरामीले डट्स प्रविधिबाट उपचार गरिरहेको जनस्वास्थ्य दाङका अधिकृत डम्बरबहादुर कँवरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न शहरबाट बर्षेनी नयाँ बिरामी थपिने गरेका छन् ।

डट्स प्रविधिबाट बिरामीलाई ६ महिना सम्मको उपचार हुने भएकाले पुराना बिरामी निको हुँदै जाने र नयाँ बिरामी थपिँदै जाने भए पनि बर्षेनी एक हजार २०० को संख्याभन्दा पनि बढी बिरामी उपचारका लागि थपिने गरेको पनि अधिकृत कवँरले जानकारी दिनुभयो । उहाँका अनुसार यस रोगबाट प्रायः २५ देखि ५० वर्षसम्म उमेर समूहका मानिस बढी संक्रमित हुने गरेका छन् ।

गत आव ०७३÷७४ मा दाङमा एक हजार २०० जना क्षयरोगी भेटिएका थिए भने यस वर्षको १० महिनाको अवधिमा ९४५ बिरामी थपिएका छन् । बढ्दो शहरीकरण, मानिसको बढी आवत जावत हुने र तिनीहरुको श्वासप्रश्वासका कारण जिल्लामा क्षयरोगी बढेको जनस्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले जनाएको छ । जिल्लामा सबैभन्दा बढी बिरामी घोराही बजार, त्यसपछि तुलसीपुर, नारायणपुर, देउखुरीको लालमटिया र सिसहनीया बजार क्षेत्रमा भेटिने गरेको पनि जनस्वास्थ्य अधिकृत कँवरले जानकारी दिनुभयो । बिरामीले नियमित रुपमा औषधिको डोजको कमीले गर्दा समस्या हुने गरेको छ । जिल्लामा पलमोनरी क्षयरोगी बढिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो
पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो
नेकपा सचिवालय बैठक बस्दै,   के के छन् एजेण्डा?
नेकपा सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा?
पुसदेखि थानकोट नागढुंगा सुरुङमार्ग खनिदै
पुसदेखि थानकोट नागढुंगा सुरुङमार्ग खनिदै
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने
वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी, वीरगन्ज महानगरको मेयर सरावगी को हुन् ?
वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी, वीरगन्ज महानगरको मेयर सरावगी को हुन् ?
भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग
भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित
देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो, कसलाई कुन ?
देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो, कसलाई कुन ?
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने

तपाईंले छुटाउनुभयो कि?