उदयपुर प्रहरीको सफल अप्रेशन, ठुलो मात्रामा लागूऔषध बरामद
सारांश
- उदयपुर , २३ जेठ ।
- उदयपुर प्रहरीले ठुलाे परिणामकाे लागुअाैषध बरामद गरेकाे छ ।
- प्रहरी नायब निरीक्षक शंकर खतीवडाको कमान्डमा खटीएको टोलीले त्रियुगा ६ लालपत्ता को चुरे जंगलमा बरामद गरेकाे हाे ।
उदयपुर , २३ जेठ । उदयपुर प्रहरीले ठुलाे परिणामकाे लागुअाैषध बरामद गरेकाे छ ।
प्रहरी नायब निरीक्षक शंकर खतीवडाको कमान्डमा खटीएको टोलीले त्रियुगा ६ लालपत्ता को चुरे जंगलमा बरामद गरेकाे हाे ।
जंगल मा ३ जना को समूहले हातमा झोला बोकेर हिडीरहेको देखेपछि चेकजाँच गर्ने क्रममा २ जना झोला फाली भागे पछी ३ जना मध्ये १ जना लाई पक्राउ गरेर चेकजाच गर्दा निजको साथ बाट फेनारागन ५ एम्पुल, लुपिजेसिक ५एम्पुल, डाईजेलाव ५ एम्पुल र सिरिन्ज १ थान सहीत बरामद गरेकाे हाे ।
फालेको झोला चेकजाच गर्दा फेनारागन १९६ एम्पुल, लुपिजेसिक १९६ एम्पुल, डाईजेलाव १९६ एम्पुल र सिरिन्ज थान २३ सहित त्रियुगा वार्ड नम्बर १२ बस्ने बर्ष १४ को पुष्प पारस राई लाई पक्राउ गरिएकाे हाे ।
फरार भएका मिलन राई र निर्जन खड्का मध्य मिलन राई २३ गते पक्राउ परेकाे र निर्जन खड्काकाे खाेजी कार्य जारी रहेकाे जिल्ला प्रहरी प्रमुख नबराज भट्ट ले जानकारी दिए ।
भट्टका अनुसार उदयपुर जिल्ला मा आउने लागूऔषध भारत को लौकाहा ठाडी,धनगडी बाट आउने गरेको र लालपत्ता नाकामा चेकजाच मा कडाई गर्न थाले पछी लागूऔषध सो ठाउँ बाट नभई चोर बाटो चुरे जंगल को बाटो बाट हीडेर जलजले सम्म निस्किने र जलजले बाट सहज रुपमा गाइघाट भित्रिने कुरा को सूचना आफुले थाहा पाएकाे ले ठुलो मात्रामा लागूऔषध बरामद गर्ने सफल भएको बताए ।
उदयपुर मा ठुलाे मात्रामा लागूऔषध सीरिन्ज भित्रिनु भनेको यहाँका युवा हरु भन्दा पनि यहाँ बाट काठमाडौं सम्म जाने गरेको आफुले अनुसन्धानको क्रममा पत्ता लगाउन सफल भयकोले उदयपुर लागूऔषध प्रयोगकर्ता को ठाउँ मात्र नभयर यो ठाउँ लागूऔषध भण्डार गरी यहाँ बाट ब्यापारिक किसिमले अन्य ठाउँ हरु मा पनि जाने गरेको भट्टले बताए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरकाे तथ्यांक अनुसार आ ब २०७४/७५ साउन १ गते देखि जेठ २२ सम्म मात्र प्रहरी ले फेनारगन ५९५, लुपीजेसिक ५९० डाईजेलाब ५९४ नर्फिन २९९ ,गोटीहरु ५३६ गाजा ५ केजी २७० ग्राम, प्रोक्सी १२८ र १ कट्ठा मा लगाईएको अफीम खेती समेत आफुले पक्राउ गरी आबस्यक कारबाही समेत गरेको भट्टले जानकारि दिए ।
त्यसै गरी भट्टले मापसे गर्ने र सवारीसाधन चालकहरूकाे लाईसेन्स मा पहिलो पटक १ प्वाल र १ घण्टा ट्राफीक संबन्धी चेतनामुलक क्लास लिनुपर्ने समेत जानकारी गराए।
Anjan Shrestha Anjan
ई बाहुन छेत्रीहरु सब सत्ताका सिना मात्र हुन