अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १६, २०७७
|
|
६२ पटक हेरिएको
Shares
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका

सारांश

  • ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ ।
  • महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय सम्झौता गरी अपाङ्गता भएका व्यक्तिलाई हिँडडुलमा सहज पुर्याउन उक्त ट्याक्सी प्रयोगमा ल्याउन लागेको हो ।
  • महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गरी उनीहरुको हितमा हाललाई एउटा ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउन लागेको बताए।

ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ । महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय सम्झौता गरी अपाङ्गता भएका व्यक्तिलाई हिँडडुलमा सहज पुर्याउन उक्त ट्याक्सी प्रयोगमा ल्याउन लागेको हो ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गरी उनीहरुको हितमा हाललाई एउटा ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउन लागेको बताए।

उनले भने, “अन्य किसिमको सवारी साधनमा अपाङ्गता भएका व्यक्तिलाई यात्रा गर्न धेरै असहज भइरहेको हुँदा हामीले एउटा क्याब महानगरपालिकाभित्र प्रयोगमा ल्याउन लागेका हाँैँ ।” यस ट्याक्सीमा ह्विलचेयरसहित चढ्न सकिने महर्जनको भनाइ छ ।

सो ट्याक्सीमा चारवटा ह्विलचियरमा बसेका अपाङ्गता भएका व्यक्ति र उनीहरुको सहयोगीसमेत अट्ने क्षमताको रहेको छ । महानगरपालिकाले यसको सञ्चालनका लागि आवश्यक चालक, तेल, ट्याक्सी मर्मत र सवारी करको खर्च सबै आफँैले तिर्ने बताइएको छ ।

स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले यसलाई कसरी र कहाँ सञ्चालन गर्ने भन्ने कुराको निर्णय गर्नेछ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सो क्याब खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख र केन्द्र इरुका जापानले रु १५ लाख खर्च गर्ने सम्झौता गरेको जानकारी दिए । उनले भने, “सम्भवतः यो मुलुकमा भित्रिएको पहिलो तथा नमूना किसिमको ट्याक्सी हुनेछ ।”

उनका अनुसार सम्झौतापत्रमा प्रमुख महर्जनसहित केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनसहित अधिकृत कोइराला, केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठ र महासचिव कृष्ण गौतमको उपस्थिति थियो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयका प्रिन्सिपलले  महिलालाई बलि दिने प्रयास गरे पछि …
विद्यालयका प्रिन्सिपलले महिलालाई बलि दिने प्रयास गरे पछि …
भरतपुरमा बन्न थाले यस्ता रिङरोड र लिङक रोडहरू, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास
भरतपुरमा बन्न थाले यस्ता रिङरोड र लिङक रोडहरू, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास
बी एण्ड सी हस्पिटलको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनप्रति आपत्ति
बी एण्ड सी हस्पिटलको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनप्रति आपत्ति
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
त्रिभुवनचन्द्र अार्मी अस्पताल पूनः सन्चालनमा !
त्रिभुवनचन्द्र अार्मी अस्पताल पूनः सन्चालनमा !
रुपन्देहीमा औद्योगिक ग्राम स्थापना हुँदै !
रुपन्देहीमा औद्योगिक ग्राम स्थापना हुँदै !
  बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना
  बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत
कांग्रेस नेता डा. कोइराला राजतन्त्रको पर्खाइमा
कांग्रेस नेता डा. कोइराला राजतन्त्रको पर्खाइमा

तपाईंले छुटाउनुभयो कि?