संसद् भवन अगाडि आत्मदाहको प्रयास

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
३४ पटक हेरिएको
Shares
संसद् भवन अगाडि आत्मदाहको प्रयास

सारांश

  • काठमाडौं ।
  • संघीय संसद भवन अगाडि फेरि अर्का व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।
  • नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेट अगाडि आज एक जनाले आत्मदाहको प्रयास गरेका हुन् ।

काठमाडौं । संघीय संसद भवन अगाडि फेरि अर्का व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेट अगाडि आज एक जनाले आत्मदाहको प्रयास गरेका हुन् ।

हालसम्म पहिचान खुल्न नसकेका एक युवकले संसद भवन अगाडि पुगेर आज शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । यद्यपी, उनलाई प्रहरीले अप्रिय घटना हुनबाट जोगाएको जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको छ ।

यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रहरीका कारण पछिल्लो घटनामा युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?