जापानमा शक्तिशाली आँधी, १६ जना बेपत्ता

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १३, २०७५
|
|
५८ पटक हेरिएको
Shares
जापानमा शक्तिशाली आँधी, १६ जना बेपत्ता

सारांश

  • टाेक्याे १३ साउन ।
  • जापानमा आएको शक्तिशाली समुद्री आँधीले मुसलधारे वर्षा र प्रतिघण्टा १८० किलोमिटर वेग भएको हावाहुरीका कारण १६ जना बेपत्ता भएका छन् ।
  • ‘टाइफून जोङ्डारी’ नामक आँधी स्थानीय समय अनुसार गए राति १ बजे देशको प्रमुख टापु होन्शूमा प्रवेश गरेको थियो।

टाेक्याे १३ साउन । जापानमा आएको शक्तिशाली समुद्री आँधीले मुसलधारे वर्षा र प्रतिघण्टा १८० किलोमिटर वेग भएको हावाहुरीका कारण १६ जना बेपत्ता भएका छन् । ‘टाइफून जोङ्डारी’ नामक आँधी स्थानीय समय अनुसार गए राति १ बजे देशको प्रमुख टापु होन्शूमा प्रवेश गरेको थियो।

मौसम पूर्वानुमानसम्बन्धी अधिकारीहरूले ठूलो वर्षाले पहिरो निम्त्याउन सक्ने चेतावनी दिएका छन्। बाढीले दुई सयभन्दा बढी र तातो हावाले दर्जनौँ मानिसको ज्यान लिएको एक महिना पनि बित्न नपाउँदै जापानमा पछिल्लो समुद्री आँधी आएको हो। बिजुली सरकारी टेलिभिजन एनएचकेका अनुसार आँधीका कारण डेढ लाख घरमा बिजुली आपूर्ति बन्द भएको छ भने १६ जना हराइरहेका छन्।

जापान: ‘ठूलो वर्षाले अत्यन्त खतरनाक स्थिति’ जापानमा “रेकर्ड” गर्मी जापानमा प्राकृतिक विपद् घोषणा यसअघि पश्चिमी शहर शोबाराबाट ३६,४०० र कुरे शहरबाट ६,३०० जनालाई अन्यन्त्र सार्न भनिएको थियो।हिरोशिमाका गभर्नर हीडेहीको युजाकीले भने, “हामीलाई डर छ हावाहुरी अथवा बाढीका कारण मानिसहरूलाई सुरक्षित स्थानमा सार्न असक्षम हुनसक्छौँ।” “मानिसहरूले ज्यान बचाउन सकून् भनेर मैले पहिल्यै उनीहरूलाई सारियोस् भन्ने चाहेको हुँ।”

निर्देशन यसअघि जुलाइको शुरूतिर मुसलधारे वर्षापछि नदीहरूमा पानी बढेर तटीय क्षेत्रमा पुगेपछि ८० लाख मानिसहरूलाई घर छाडेर सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको थियो। तर सरकारी निर्देशनलाई बेवास्ता गरेपछि कैयौँ मानिसहरू थुनिन पुगेका थिए। आलोचकहरूले सरकारी निर्देशन जारी गर्न ढिलाइ गरिएको बताएका थियो। बाढीबाट ओकायामा, हिरोशिमा र यामागुची शहर सबैभन्दा नराम्ररी प्रभावित भएका थिए। अझै चार हजारभन्दा बढी बाढी प्रभावितहरू अस्थायी शिविरमा बसिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोखामा धनेश्वर स्वास्थ्य सेवा केन्द्र
टोखामा धनेश्वर स्वास्थ्य सेवा केन्द्र
निर्माण व्यसायी महास‌ंघका अध्यक्ष गाैचन हत्याका तीन अभियुक्त पक्राउ !
निर्माण व्यसायी महास‌ंघका अध्यक्ष गाैचन हत्याका तीन अभियुक्त पक्राउ !
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन
प्रधानमन्त्री ओलीविरुद्ध संसदमै यसरी खनिए माधव नेपाल
प्रधानमन्त्री ओलीविरुद्ध संसदमै यसरी खनिए माधव नेपाल
१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने
हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो

तपाईंले छुटाउनुभयो कि?