प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २१, २०७६
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न

सारांश

  • प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा १६७ आयोजना सम्पन्न भएका छन् ।
  • ती आयोजनाहरुमा घोडेटो र गोरेटो बाटो, प्रसूति सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणलगायत रहेका छन् ।
  • यो कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हजार १७ जनाले औसतमा १३ दिनको रोजगारी पाएको जनाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा १६७ आयोजना सम्पन्न भएका छन् ।

ती आयोजनाहरुमा घोडेटो र गोरेटो बाटो, प्रसूति सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणलगायत रहेका छन् । यो कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हजार १७ जनाले औसतमा १३ दिनको रोजगारी पाएको जनाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दशरथचन्द नगरपालिकामा २५ आयोजना सम्पन्न भएका र ३४८ व्यक्तिले औसतमा २१ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जनाएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकाका २१ आयोजनामा ३५० व्यक्तिले औसतमा १५ दिन रोजगारी पाएको तथा दोगडाकेदार गाउँपालिकाका नौ आयोजनामा ३५४ व्यक्तिले औसतमा १७ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जानकारी दिएको छ । यस्तै मेलौली नगरपालिकाका नौ आयोजनामा ३५८ जनाले औसतमा १७ दिन, पञ्चेश्वर गाउँपालिकाका आठ आयोजनामा १९३ जनाले औसतमा ३० दिन, पाटन नगरपालिकाका ३९ आयोजनामा एक हजार ३०० जनाले औसतमा आठ दिन र पुर्चौंडी नगरपालिकाका १७ आयोजनामा २४८ जनाले औसतमा ३० दिन रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पुर्चौंडी नगरपालिका पिसीसी बाटो, प्रसूति सेवा केन्द्र भवन, सार्वजनिक शौचालय निर्माणलगायतका काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

यस्तै शिवनाथ गाउँपालिकाका ११ आयोजनामा १४७ ले औसतमा २८ दिन रोजगारी पाएका छन् । यसैगरी सिगास गाउँपालिकाका १२ आयोजनामा ३३३ ले औसतमा १९ दिन रोजगारी पाएका छन् । जिल्लाको सुर्नया गाउँपालिकामा एक हजार ३८६ ले औसतमा चार दिन रोजगारी पाएको रोजगार केन्द्र सुर्नयाले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो
दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो
मेडिसिटी अस्पतालमा बलात्कार प्रयास, चिकित्सक प्रहरी नियन्त्रणमा
मेडिसिटी अस्पतालमा बलात्कार प्रयास, चिकित्सक प्रहरी नियन्त्रणमा
इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प
सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागिता
सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागिता
गोकर्ण विष्टलाई १० हजारको अग्रता
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
नेपालको शंविधानप्रति भारतको असन्तुष्टि अझै कायमै;
नेपालको शंविधानप्रति भारतको असन्तुष्टि अझै कायमै;
संसदको चुनावमा पनि तालमेल गर्ने गरी गठबन्धन बढ्यो
संसदको चुनावमा पनि तालमेल गर्ने गरी गठबन्धन बढ्यो

तपाईंले छुटाउनुभयो कि?