सुदूरपश्चिममा कांग्रेस र माओवादीको छुट्टै बैठक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ८, २०७९
|
|
५४ पटक हेरिएको
Shares
सुदूरपश्चिममा कांग्रेस र माओवादीको छुट्टै बैठक

सारांश

  • धनगढी।
  • चुनावी तालमेलका षियमा छलफल गर्न सुदूरपश्चिममा नेपाली कांग्रस र माओवादी केन्द्रको छुट्टै प्रदेश स्तरीय बैठक बसेको छ।
  • बैठकमा एकीकृत समाजवादी पार्टीको भने सहभागिता रहेन ।

धनगढी। चुनावी तालमेलका षियमा छलफल गर्न सुदूरपश्चिममा नेपाली कांग्रस र माओवादी केन्द्रको छुट्टै प्रदेश स्तरीय बैठक बसेको छ। बैठकमा एकीकृत समाजवादी पार्टीको भने सहभागिता रहेन । कांग्रेस र माओवादी केन्द्रले याे बैठक नभई प्रदेशमा तालमेललाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक छलफल मात्रै गरिएको जनाएका छन्। नकांग्रेस प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले प्रदेशका विवादित स्थानमा कसरी अघि बढ्ने भन्ने विषयमा समान्य छलफल मात्रै भएको बताइन्। ‘प्रदेशमा समाजवादी पार्टीलाई कसरी समेटेर लैजाने भन्ने विषयमा बुधबार दुई दलबीच सामान्य छलफल भएको हो,’ उनले भनिन्, ‘तर गठबन्धनलाई कायम राख्ने विषयमा भने हामी सहमत छौं।’ खास गरी समाजवादी पार्टीले धेरै ठाउँमा नेतृत्व मागेका कारण त्यसलाई कसरी लैजाने भन्ने विषयमा दुई दलबीच छलफल भएको सहमहामन्त्री चलाउनेले बताइन्। बझाङ, बैतडी र दार्चुलामा सहमति भइसकेको बताउँदै उनले कैलाली र कञ्चनपुरमा बढी समस्या भएका कारण त्यसलाई कसरी समेटेर लैजाने भन्ने विषयमा बुधबार छलफल भएको बताइन् । ‘डडेल्धुराको विषय केन्द्र बाटै टुङ्गो लाग्न सक्छ,’ सहमहामन्त्री चलाउनेले भनिन्, ‘अछाम र बाजुरामा पनि सहमति अन्तिम चरणमा पुगेको छ, डोटी, कैलाली र कञ्चनपुरमा केही समस्या रहेको छ, यसलाई कसरी समाधान गर्ने भनेर दुई दलबीच छलफल गरिएको हो।’ आमोवादी केन्द्र प्रदेश अध्यक्ष हरिराम चौधरी बुधबार बैठक नबसेको बताए। ‘आगामी दिनमा बस्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समान धारणा बनाउन दुई दलका नेताबीच सामान्य छलफल भएको हो,’ उनले भने, ‘यो बैठक हैन, बैठकमा समाजवादी पार्टीलाई पनि बोलाउँछौं ।’ यस विषमा एकीकतृ समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रम शाहीलाई बुझ्न खोज्दा उनको फोन उठेन । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये कांग्रेसले ५० स्थानीय तहमा दाबी गरेको छ, भने माओवादीले ३० र एकीकृत समाजवादीले २० पालिका दाबी गर्दै आएको छ । [image: congress-and-moust.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो:पूर्णिमा
भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो:पूर्णिमा
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?
कसले बनायो प्रधानमन्त्री ओलीलाई आश्चर्यचकित !
कसले बनायो प्रधानमन्त्री ओलीलाई आश्चर्यचकित !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
९० लाख हर्जाना तिर्न नसक्दा २१ महिनादेखि साउदी जेलमा
९० लाख हर्जाना तिर्न नसक्दा २१ महिनादेखि साउदी जेलमा
इन्द्रदह मेला स्थगित, भक्तजन फर्काइँदै
इन्द्रदह मेला स्थगित, भक्तजन फर्काइँदै
अरुको मुख ताकेर र दोष दिएर उम्कने होइन: प्रधानमन्त्री ओली
अरुको मुख ताकेर र दोष दिएर उम्कने होइन: प्रधानमन्त्री ओली
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
मुलपानीमा गोली चल्यो, लुटेरा समुहका नाइके ‘खुँडे’ पक्राउ
मुलपानीमा गोली चल्यो, लुटेरा समुहका नाइके ‘खुँडे’ पक्राउ
ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ
ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ

तपाईंले छुटाउनुभयो कि?