नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ४, २०७४
|
|
५० पटक हेरिएको
Shares
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन

सारांश

  • काठमाडौं : इटालीकी मारिया भर्जिनिया पिसबिन नेपालका एकल महिलाको सफलताबाट निकै हौसिनुभएको छ ।
  • नेपालमा दुई दिन आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा फ्रान्सेली संस्था वुमन नेटवर्क फर चेन्जका तर्फबाट इरानको प्रतिनिधित्व गर्दै भाग लिन आइपुग्नुभएकी उहाँले इरानी एकल महिलाको समस्यालाई प्रस्तुत गर्नुभयो ।
  • उहाँका अनुसार इरानमा ३० लाखभन्दा बढी परिवार एक्लो अभिभावकले धानेको र त्यसमा पनि करिब ७० प्रतिशत परिवारको जिम्मेवारी एकल महिलाको काँधमा छ ।

काठमाडौं : इटालीकी मारिया भर्जिनिया पिसबिन नेपालका एकल महिलाको सफलताबाट निकै हौसिनुभएको छ । नेपालमा दुई दिन आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा फ्रान्सेली संस्था वुमन नेटवर्क फर चेन्जका तर्फबाट इरानको प्रतिनिधित्व गर्दै भाग लिन आइपुग्नुभएकी उहाँले इरानी एकल महिलाको समस्यालाई प्रस्तुत गर्नुभयो ।

उहाँका अनुसार इरानमा ३० लाखभन्दा बढी परिवार एक्लो अभिभावकले धानेको र त्यसमा पनि करिब ७० प्रतिशत परिवारको जिम्मेवारी एकल महिलाको काँधमा छ । यद्यपि, सरकारले कुनै पनि किसिमको सहयोग नगर्ने यथार्थ उहाँले सुनाउनुभयो । नेपालको स्थानीय तहमा निर्वाचित एकल महिला विश्वमै उदाहरणीय रहेको उहाँको धारणा छ ।

साउथ एसियन नेटवर्क फर विडोज इम्पावरमेन्ट इन डेभेलपमेन्ट (सेनवेड) सचिवालय मानवअधिकारका लागि महिला एकल महिला समूहको आयोजनामा राजधानीमा दक्षिण एसियाली क्षेत्रीय गोष्ठी भएको हो । गोष्ठीमा १८ मुलुकका एकल महिला सहभागी थिए । विदेशी पाहुनाले नेपालमा एकल महिलाले हासिल गरेका उपलब्धिबाट धेरै सिक्न सकिने प्रतिक्रिया दिएका हुन् ।

पाकिस्तानको औरत फाउन्डेसनका अध्यक्ष डा. मासुमा हसनले नेपाल सरकारले एकल महिलाका हकहितमा धेरै काम गरेको उल्लेख गर्दै पाकिस्तानमा भने यस्तो अवस्था नरहेको गुनासो गर्नुभयो । उहाँका अनुसार पाकिस्तान सरकारले महिलालक्षित थुप्रै कानुन बनाए पनि एकल महिलाका लागि कुनै कानुन बनेको छैन । ‘महिलालाई इज्जतका साथ बाँच्नका लागि समाज र राष्ट्रले कुनै पनि किसिमको साथ दिँदैन’, उहाँले भन्नुभयो । सेनवेडमार्फत सार्क क्षेत्रका एकल महिलाका लागि सुरक्षा र अधिकारको व्यवस्था गर्न सम्बन्धित देशका सरकारलाई पहल गर्न सकिने उहाँले बताउनुभयो ।

सार्क राष्ट्रमा पनि श्रीलंका महिला अधिकारको क्षेत्रमा अग्रणी देखिन्छ । ‘सार्वजनिक यातायातमा कुनै एउटी महिला चढिन् भने बसिरहेको मानिस उठेर उनलाई सिट छाड्ने गर्छन्’, अल्हाकुन युबीले भन्नुभयो । श्रीलंकामा एकल महिलालाई पुनर्विवाह गर्न समाज र कानुनले रोक्दैनन् । यद्यपि, प्रायःजसो पुनर्विवाह गर्न मन पराउँदैनन् ।

मंगलबार सकिएको गोष्ठीमा एकल महिलाको मुद्दालाई सम्बोधन गर्ने ‘कोलम्बो घोषणापत्र’लाई हरेक राष्ट्रबाट कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको सेनवेडका महासचिव लिली थापाले बताउनुभयो । नेपाल सरकारले सन् २०११ मा भएको जनगणनामै एकल महिलाको तथ्यांकलाई समेटेको छ । एकल महिलालाई सामाजिक सुरक्षा भत्ता, सम्पत्तिमा अधिकार, पुनर्विवाहको अधिकार, आकस्मिक कोषको स्थापना, सम्पत्ति किन्दा ३५ प्रतिशत कर छुट, राष्ट्रपति उत्थान कार्यक्रममा उद्यमशीलताको अवसरलगायत थुप्रै नीतिगत व्यवस्था लागू भएको छ ।

त्यसैगरी सम्मेलन उद्घाटन कार्यक्रममा भारतको स्त्री शक्ति नामक संस्थाकी अध्यक्ष रेखा मोदीले एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापालाई दयावती मोदी स्त्री शक्ति अवार्डबाट सम्मानित गर्नुभयो । महिलाको क्षेत्रमा लिलीले पु¥याउनुभएको योगदानको कदर गर्दै पहिलो पटक यो सम्मान कुनै विदेशीलाई दिइएको पनि मोदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा  तनाव !
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा तनाव !
मुस्ताङमा पर्यटकको चाप बढ्यो
मुस्ताङमा पर्यटकको चाप बढ्यो
साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप
साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप
सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?
सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
माधव नेपालसँग सधैँ किन लिन्छन् राष्ट्रपति भण्डारी र प्रम ओली बदला ?
माधव नेपालसँग सधैँ किन लिन्छन् राष्ट्रपति भण्डारी र प्रम ओली बदला ?
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
कोरोना भाइरसका कारण उपत्यका छाड्नेको सङ्ख्यामा वुद्धि
कोरोना भाइरसका कारण उपत्यका छाड्नेको सङ्ख्यामा वुद्धि
प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध परे ४ वटा उजुरी
प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध परे ४ वटा उजुरी

तपाईंले छुटाउनुभयो कि?