जुवाखालबाट एक महिलासहित १४ पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ११, २०७५
|
|
६० पटक हेरिएको
Shares
जुवाखालबाट एक महिलासहित १४ पक्राउ

सारांश

  • बेनी, म्याग्दी, ११ जेठ,म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।
  • सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।
  • पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम छन्त्याल, जीवन छन्त्याल र सोमबहादुर छन्त्याल रहेको प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिनुभयो ।

बेनी, म्याग्दी, ११ जेठ,म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।

सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम छन्त्याल, जीवन छन्त्याल र सोमबहादुर छन्त्याल रहेको प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिनुभयो ।

यसैगरी, बेनपा–८, को पिपलचोकस्थित ओमबहादुर छन्त्यालको घरबाट ओमबहादुर छन्त्याल, यामबहादुर छन्त्याल, मनोज पुन र टीका पुन (महिला) रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक क्षेत्रीले बेनपा–९, गलेश्वर बस्ने केन कार्कीको घरबाट खड्कबहादुर गर्बुजा, वीरबहादुर शेरपुञ्जा, सिकिन्दरबहादुर बानियाँ, विजय शेरपुञ्जा र केन कार्की पक्राउ परेका बताउनुभयो । प्रहरी निरीक्षक क्षेत्रीका अनुसार जुवा खेलिरहेको स्थानबाट नगद रु ५० हजार १४५ बरामद गरिएको छ ।

हालै मात्र कैलाली जिल्लाबाट सरुवा भई म्याग्दीको प्रहरी प्रमुखका रुपमा आउनुभएका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले गैरकानूनी क्रियाकलापलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताउनुभएको छ । प्रहरीले जुवातास, लागूऔषध बेचबिखन, घरेलु मदिरा नियन्त्रण एवं न्यूनीकरण कार्यक्रमलाई अगाडि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशिफल
आजको राशिफल
जापान उडानमा घाटैघाटा, जाँदा नि रित्तै फर्कदा नि रित्तै
जापान उडानमा घाटैघाटा, जाँदा नि रित्तै फर्कदा नि रित्तै
विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह
विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह
के छन् काठमाडौं मेयर पदका उम्मेदवारका विकास  अजेन्डा !
के छन् काठमाडौं मेयर पदका उम्मेदवारका विकास अजेन्डा !
न्यायिक समितिका समस्यासँग जुध्दै उपमेयरहरु
न्यायिक समितिका समस्यासँग जुध्दै उपमेयरहरु
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा
गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा
मिडिया बाट पृथक रहेर लोकतन्त्र बलियो नहुने : मुख्य मन्त्री पोखरेल
मिडिया बाट पृथक रहेर लोकतन्त्र बलियो नहुने : मुख्य मन्त्री पोखरेल
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
इन्टरनेशनल फिल्म फेष्टिवल अवार्डमा सिर्जना सुब्बा बनिन् उत्कृष्ठ अभिनेत्री
इन्टरनेशनल फिल्म फेष्टिवल अवार्डमा सिर्जना सुब्बा बनिन् उत्कृष्ठ अभिनेत्री

तपाईंले छुटाउनुभयो कि?