चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु
सारांश
- काठमाडौँ, १२ जेठ – काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ ।
- सम्झौताअनुसार, पहिलो महिना अध्ययन गरेर सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गरिनुपर्नेछ ।
- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
काठमाडौँ, १२ जेठ – काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ । सम्झौताअनुसार, पहिलो महिना अध्ययन गरेर सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गरिनुपर्नेछ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
महानगरका प्रमुख शाक्यले आफ्नै कार्यकालमा मानोरेल सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मोनो रेल चलाउँछौँ भनेकै एक वर्ष भइसकेको भन्दै ‘विधि मिलेपछि काम गर्ने बाटो खुल्छ, काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं।’
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आफू महानगरवासीलाई सरल जीवनयापन गर्ने सुविधाको सुन्दर उपहार दिन लागिरहेको बताए ।
महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा रेल वेले गत वैशाख २० मा महानगरमा इच्छापत्र बुझाएको थियो । त्यसकै आधारमा महानगरको वैशाख २४ गतेको प्रमुख स्तरीय निर्णयबाट रेल वे कम्पनीसँग सम्झौता गरको हो ।
सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौँको शहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रबन्धक होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
Justin Biral
? ∂ιмαg мє ααтα нυ ∂ιℓ мє иαнι ? Shikhar News <3 gσσ∂ мσяиιиg ?
? ∂αу ⌚ Saturday ?
? ∂αтє ⌚ 26 /05/2018 ?
? тιмє ⌚ 6:58 AM ?
??? CH BOT ? SURAJ-KING,TK ???
Om Sagar Shrestha
Desh ta Americai banaune vaye ta communist sarkar le…metro ni banaube re,,mono rail ni chalaune re uta feri cable car pani chalaune re roji chadi chadh paune vaye janta le…??