चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ १२, २०७५
|
२
|
५३ पटक हेरिएको
Shares
चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु

सारांश

  • काठमाडौँ, १२ जेठ – काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ ।
  •  सम्झौताअनुसार, पहिलो महिना अध्ययन गरेर सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गरिनुपर्नेछ ।
  •   काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

काठमाडौँ, १२ जेठ – काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ । सम्झौताअनुसार, पहिलो महिना अध्ययन गरेर सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गरिनुपर्नेछ । 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

महानगरका प्रमुख शाक्यले आफ्नै कार्यकालमा मानोरेल सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मोनो रेल चलाउँछौँ भनेकै एक वर्ष भइसकेको भन्दै ‘विधि मिलेपछि काम गर्ने बाटो खुल्छ, काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं।’

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आफू महानगरवासीलाई सरल जीवनयापन गर्ने सुविधाको सुन्दर उपहार दिन लागिरहेको बताए ।

महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा रेल वेले गत वैशाख २० मा महानगरमा इच्छापत्र बुझाएको थियो । त्यसकै आधारमा महानगरको वैशाख २४ गतेको प्रमुख स्तरीय निर्णयबाट रेल वे कम्पनीसँग सम्झौता गरको हो ।

सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौँको शहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रबन्धक होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ∂ιмαg мє ααтα нυ ∂ιℓ мє иαнι ? Shikhar News <3 gσσ∂ мσяиιиg ?
    ? ∂αу ⌚ Saturday ?
    ? ∂αтє ⌚ 26 /05/2018 ?
    ? тιмє ⌚ 6:58 AM ?
    ??? CH BOT ? SURAJ-KING,TK ???

    Comment Author

    Om Sagar Shrestha

    Desh ta Americai banaune vaye ta communist sarkar le…metro ni banaube re,,mono rail ni chalaune re uta feri cable car pani chalaune re roji chadi chadh paune vaye janta le…??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री राईद्वारा मोटरबाटाे उद्घाटन
मुख्यमन्त्री राईद्वारा मोटरबाटाे उद्घाटन
आजको राशिफल
आजको राशिफल
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न ः मन्त्री धिमिरे
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न ः मन्त्री धिमिरे
दलाई लामाका कारण गोरखापत्रमा कसरी भूइचालो गयो ?
राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापालाई पितृशोक
राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापालाई पितृशोक
प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज

तपाईंले छुटाउनुभयो कि?