भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे बुधबार बार्ता
सारांश
- काठमाडौं, –भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले नेपालमा भएको बामपन्थी तालमेल र एकताबारे भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई बुधबार अवेर ‘ब्रिफिङ’ गर्नुभएको छ ।
- भारतीय विदेश मन्त्रालयमा राती ८.
- ३० बजेदेखि करिव एक घण्टा उहाँहरुबीच नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श भएको हो ।
काठमाडौं, –भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले नेपालमा भएको बामपन्थी तालमेल र एकताबारे भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई बुधबार अवेर ‘ब्रिफिङ’ गर्नुभएको छ । भारतीय विदेश मन्त्रालयमा राती ८.३० बजेदेखि करिव एक घण्टा उहाँहरुबीच नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श भएको हो ।
राजदुतबाट राजिनामा दिएर सक्रिय राजनीतिमा र्फकन लाग्नुभएका उपाध्यायको काठमाडौं आउनु एक दिनअघिको उक्त भेटमा नेपालको बाम गठबन्धन, त्यसले नेपाल र भारतमा पार्ने प्रभाववारे छलफल भएको बुझिएको छ । भारतीय योजनामा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई निरन्तरता दिंदै ओली नेतृत्वको एमालेलाई नेपालमा एक्ल्याउने नीति साउथव्लकले लिएको बेला त्यस विपरित नेपालमा गठबन्धन निर्माण भएको हो ।
एकघण्टा भएको छलफलमा नेपालको राजनीतिबारे जानकारी गराउँदै वाम गठबन्धन प्रजातान्त्रिक शक्तिहरुका लागि ‘थ्रेट’ भएको र भारतका लागि समेत ‘अप्रिय’ हुने धारणा राजदुत उपाध्यायले राख्नुभएको बुझिएको छ । विदेशमन्त्री स्वराजसँग भएको वार्तापछि राजदुत उपाध्याय काठमाडौं आउनुभएको छ ।श्रोतका अनुसार, उहाँले नेपालमा बामपन्थी दलहरुले तालमेल र एकता गरेमा एकलौटी सरकार बनाउने र त्यसले जनतामा छाप छोड्न सक्ने काम गर्ने बताउँदै त्यसोभएमा कांग्रेस लगायतका शक्तिहरुलाई सत्तामा आउन समय लाग्ने बताउनुभएको थियो । विदेशमन्त्री स्वराजलाई नेपालको यो घरेलु गठबन्धनलाई सफल हुन नदिन भूमिका खेल्न आग्रह गर्दै राजदुत उपाध्यायले एमाले नेतृत्वको कम्युनिष्ट गठबन्धन भारतको पक्षमा नहुने बताउनुभएको थियो ।
विदेशमन्त्री स्वराजलाई जानकारी गराएर संसदको श्रम तथा अन्तराष्ट्रिय सम्बन्ध समितिले नेपालको भारत नीति, त्यसको संचालन र कार्यान्वयन, नेपालप्रतिको भारतीय नीति र संचालन लगायत समग्र नेपाल–भारत सम्बन्धबारे छलफल गर्न राखेको बैठकमा सहभागि हुन उहाँ काठमाडौं आउनु भयो । समितिकै सभाकक्षमा भएको बैठकमा उहाँसहित चीनका लागि नेपाली राजदुत लीलामणि पौडेल र अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्की पनि समितिको बैठकमा सहभागि हुन काठमाडौं आउनुभएको छ । समितिले तीन राजदुतसंग ‘ब्रिफिङ’ बिहिबार लिएको हो ।
आफ्नो गृह जिल्ला कपिलवस्तुबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय पुग्नुभएका राजदुत उपाध्याय नियुक्त भएको एक बर्ष नपुग्दै राजनीतिमा फर्कन लाग्नुभएको हो । सुशिल कोइराला सरकारमा पालामा भारतका लागि राजदुत नियुक्त हुनुभएका उपाध्यायलाई केपी ओली सरकारले ‘सरकारको उपयुक्त प्रतिनिधित्व’ गर्न नसकेको भन्दै फिर्ता बोलाएको थियो । उहाँले परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई नाकाबन्दीका बेला नेपाल–भारतका विवादित सिमाको निरिक्षण गरेको, नाकाबन्दी खुलाउन पहल गर्नुको साटो नाकावन्दी भारतले नलगाएको जस्ता भनाई सार्वजनिक गर्नुभएको थियो ।
विदेशमन्त्री स्वराजले राजदुतबाट बामपन्थी गठबन्धन कसरी भयो, कसले गर्यो÷गरायो, कांगे्रेस र माओवादी केन्द्रबीच पहिला देखि नै केही विवाद बढेका थिए जस्ता प्रश्न राख्नुभएको श्रोतले बताएको छ । उपाध्यायले भने कम्युनिष्ट एकताको बिषयमा बेलाबेलामा उठ्ने गरेको भएपनि त्यस्तो संभावना नदेखिएको भन्दै अहिलेको बिकासक्रमलाई ‘आश्चर्यजनक’ भएको बताउनुभएको थियो प्रधानमन्त्री देउवासँगको परामर्शमै राजदुत छाडेर निर्वाचन लड्न आउन लाग्नुभएका उपाध्यायलाई भारतीय संस्थापनका केही नेताले निर्वाचित गर्न सहयोग गर्ने आश्वासन दिंदै त्यसो भएमा मिलेर काम गर्न सकिने सुझाव दिएका छन् ।
प्रतिक्रिया