नक्सामा भएकाे २ मिटर नाली कता हरायाे ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २९, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नक्सामा भएकाे २ मिटर नाली कता हरायाे ?

सारांश

  • माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु, २९ जेठ ।
  • कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.
  • ५ चन्द्रौटा बजार पछाडी नाली नक्सामा ३ मिटर भए पनि निर्माण १ मिटर मात्रै भएको छ ।

माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु, २९ जेठ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा बजार पछाडी नाली नक्सामा ३ मिटर भए पनि निर्माण १ मिटर मात्रै भएको छ ।

नक्सामा ३ मिटरको भए पनि नालीको जग्गा १ मिटर मात्रै बचेको हुनाले १ मिटर मै नालि निर्माण गरिएको शिवराज नगरपालिकाले जनाएको छ । नक्साको आधारमा नाली निर्माण गर्दा बजारका धेरै व्यक्तिहरुको भौतिक संरचना भत्काउनु पर्ने र बर्षायाम पनि शुरु भई सकेकोले जसरी भए पनि नाली निर्माण गर्ने तर्फ नगरपालिकाको ध्यान गएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो ।

नक्सा अनुसार नाली निर्माण नभए पछि  स्थानीय बासीहरु भने रुष्ट बनेका छन । नालीको जग्गामा बजारका गन्यमान्य व्यक्तिहरुले अतिक्रमण गरी भौतिक संरचना बनाएको हुदाँ नगरपालिकाले ती संरचना भत्काउन नसकी एक मिटर नाली कायम गरी काम गरेको स्थानीयले आरोप लगाएका छन । नगरपालिका भित्रका अन्य वडाहरुमा नाली निर्माण र बाटोको निहुँमा भौतिक संरचना भत्काएर २ मिटर नाली निर्माण गर्न सफल नगरपालिकाले चन्द्रौटा बजार क्षेत्र भित्र भने सार्वजनिक जग्गा र नक्सामा हुदाहुदै पनि १ मिटर मात्रै नाली निर्माण गरेको स्थानियले बताएका छन ।

पुराना घरहरु पनि सार्वजनिक स्थलमा रहेको नया घरहरु पनि त्यहि अनुसार भइरहेकोले त्यसलाई नगरपालिकाले तत्काल रोक्नुपर्ने सुवास जयसवालले वताए । नक्सामा रहेको ३ मिटर नै कायम गरे नाली बनाउन जयसवालले नगरपालिकालाई आग्रह गरे।

वर्षाको समयमा अत्याधिक पानी आउने भएकोले १ मिटरको नालीमा पानी नअटाउने स्थानियहरुको भनाइ रहेको छ ।सरकारी जग्गामा निमार्ण गरेका सम्पुर्ण संचारनाहरुले भत्काएर नाली निमार्ण गर्न सकेमा मात्र डुवान वाट वच्न सकिने स्थानिय सोन वहादुर सारुले वताए । सरकारी जग्गा कव्जा गर्ने अधिकार नभएकै भन्दै नाली निमार्णमा कसैले अवरोध गर्न नहुने सारुले वताए ।

नाली निर्माण पछि सार्वजनिक जग्गा मिचेर बनेका संरचनाहरुलाई विस्तारै हटाउदै जाने नगर प्रमुख अधिकारीले बताउनु भएको छ । भौतिक संरचना तत्काल भत्काउनु भन्दा बर्षायाममा हुने डुवानको समस्य जटिल भएकोले अहिले जसरी भए पनि पानीको निकास हुने नाली निर्माण गर्ने र पछि नक्सा अनुसार नै ३ मिटर नाली कायम गरिने अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत
सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत
विजय जुलुस मनाउँदै गर्दा मृत्यु !
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापनामा पहल लिन रक्षामन्त्रीलाई आग्रह
गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापनामा पहल लिन रक्षामन्त्रीलाई आग्रह
एसिया कप छनाेटः नेपालकाे खराब सुरुवात, अाेमानसँग ७ विकेटले पराजित !
एसिया कप छनाेटः नेपालकाे खराब सुरुवात, अाेमानसँग ७ विकेटले पराजित !
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !
दुई मोटरसाइकल ठोकिंदा १ जनाको मुत्यु, एक घाइते
आदेशको कार्यान्वयन : सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुस्
आदेशको कार्यान्वयन : सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुस्
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय

तपाईंले छुटाउनुभयो कि?