बाढीले बगाएकि महिलालाइ यसरी बचाए वडा अध्यक्षले
सारांश
- सिरहा, १९ असार ।
- एकजना वडाध्यक्ष ले मंगलबार सिरहा जिल्लाको मैनामती खोलाले बगाएर मृत्युको मुखबाट एक महिलालाई सकुशल उद्दार गरेका छन ।
- गोलबजार नगरपालिका ३ का वडाध्यक्ष धनप्रसाद लामाले सिरहाको गोलबजार को मैनाबती खोलाले बगाएकी गोलबजार न.
सिरहा, १९ असार । एकजना वडाध्यक्ष ले मंगलबार सिरहा जिल्लाको मैनामती खोलाले बगाएर मृत्युको मुखबाट एक महिलालाई सकुशल उद्दार गरेका छन ।
गोलबजार नगरपालिका ३ का वडाध्यक्ष धनप्रसाद लामाले सिरहाको गोलबजार को मैनाबती खोलाले बगाएकी गोलबजार न.पा.३ बस्ने ४० बर्षिया बिना योन्जनको सकुशल उद्दार गरेका हुन ।
उद्दार पछि लामाले भने ‘हामी न.पा. ३ को बिकास निर्माणको कामहरुको अनुगमन गरेर फर्किएको बेला लामाबुढी जमदह खोलामा बाढी तर्ने नसक्ने भएपछी खोलावारी नै बसेका थियौँ ।त्यतिबेला बाढीमा एकजना महिला लाई बगाउदै गरेको देखेपछी म आफै खोलामा हाम्फाले ।
उनलाई बचाउन सफल भएको र गाँउले हरु लाई जानकारी गराएर उनी महिला लाई उपचार गराउनको लागी नजीकैको उपचार केन्द्रमा लगी उनको स्वास्थ्य चेकजाँच गरी स्वास्थ अबस्थाको सामान्य रहेको प्रहरीले समेत पुष्टि गरेको लामा ले बताए।
आईतबारदेखी भईरहेको लगातारको बर्षाले सीरहा,उदयपुर, सप्तरीको,खोलाहरुमा बाढी को मात्रा बढेको छ ।
प्रतिक्रिया