नेपालमा केही ठग्ने र ठगिने तथा हेप्ने र हेपिने अवस्था रहन दिन्न: प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २६, २०७५
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,२६ असार ।
  • संघीयताको अधिकारमा कतै अतिक्रमण नभएको भन्दै प्रधानमन्त्री ओलीले आफूले कुनै पनि मन्त्रालय नराखेको तथा आफू र आफ्नो कार्यलयप्रति शंका नगर्न आग्रह गरेका छन।
  • शक्तिशाली हुने आफूलाई इच्छा तथा चाहना नभएको र आफू त्यसमा सहज रहेको उल्लेख गर्दै ओलीले सरकार भने शक्तिशाली चाहिने बताएका छन ।

काठमाडौं,२६ असार । संघीयताको अधिकारमा कतै अतिक्रमण नभएको भन्दै प्रधानमन्त्री ओलीले आफूले कुनै पनि मन्त्रालय नराखेको तथा आफू र आफ्नो कार्यलयप्रति शंका नगर्न आग्रह गरेका छन।

शक्तिशाली हुने आफूलाई इच्छा तथा चाहना नभएको र आफू त्यसमा सहज रहेको उल्लेख गर्दै ओलीले सरकार भने शक्तिशाली चाहिने बताएका छन ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएका प्रश्नको  जवाफ दिँदै प्रधानमन्त्री ओलीले विकास र समृद्धिको बाटोमा अगाडि बढ्न भ्रष्टाचार नियन्त्रणमा लिनुपर्ने बताए ।

सुशासनबिना विकास सम्भव नभएको र विकासबिना समृद्धि नहुने भन्दै भ्रष्टाचार नियन्त्रण गर्दै समृद्धिको बाटोमा अघि बढ्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । ओलीले संसद्का सबै सांसदको भावना भ्रष्टाचार नियन्त्रण र देशमा सुशासन कायम हुनुपर्छ भन्ने रहेको आफूले पाएको बताउए।

गलत सामाजिक मान्यताका विरुद्धका अभियान लिएर आफू कर्णालीदेखि सिराहासम्म पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस स्थानका सांसदले पनि कुरीति तथा पछौटेपनालाई अन्त्य गर्ने गरी अभियान चाल्नुपर्ने बताए ।

संविधान अपरिवर्तनीय नहुने भन्दै उहाँले आवश्यकताको आधारमा संविधान संशोधन हुने जनी ओलीले बताए । प्रधानमन्त्री ओलीले भने “संविधानमा विभेद भए हटाइन्छ, तर संविधान संशोधन दोहोरी गाउने भाका होइन ।” उनले नेपाली जनताको आवश्यकताअनुसार विकासका लागि संविधान संशोधन हुने बताए।

प्रधानमन्त्री ओलीले समतामुलक सामाजिक व्यवस्थाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपाल यहाँ बसोवास गर्ने सम्पूर्ण जातजाति र भाषाभाषीको देश रहेको, केही ठग्ने र ठगिने तथा हेप्ने र हेपिने अवस्था रहन नसक्ने बताएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?