इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १३, २०७५
|
|
५६ पटक हेरिएको
Shares
इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

सारांश

  • जकार्ता, १३ साउन ।
  • इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् ।
  • बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.

जकार्ता, १३ साउन । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् ।

भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो । अमेरिकी जियालजिकल सर्भेका अनुसार भूकम्पको गहिराई जमिनको सतहबाट ७ किलोमिटर मुनि रहेको थियो । लोम्बोक जिल्लाको पूर्वी भेग सबैभन्दा बढी प्रभावित रहेको थियो जहाँ आठ जनाको मृत्यु भएको इन्डोनेसियाली विपद् पुनरुद्धार संस्थाले जनाएको छ । ठूलै संख्यामा भवनहरुमा क्षति पुगेका कारण मर्नेको संख्या अरु बढ्न सक्ने सो संस्थाले जनाएको छ ।

करिब १० सेकेन्डसम्म गएको उक्त भूकम्पको धक्का प्रान्तीय राजधानी मातारामसम्म अनुभव गरिएको थियो । भूकम्पकै कारण माउन्ट रिन्जानीको आसपास पहिरो गएको छ । स्थानीय अधिकारी नुग्रोहोका अनुसार भूकम्पको धक्का अनुभव गर्नासाथ मानिसहरु घरबाट बाहिर निस्कनुका साथै भागदौड मच्चिएको थियो । इन्डोनेसियाको बाली झैं लोम्बोक पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण सामुद्रिक तट र पहाडले सुपरिचित छ ।

इन्डोनेसिया भूकम्पीय खतराको सूचीमा रहेको मुलुक हो । डिसेम्बर २००४ मा सुमात्रा आसपास ९.१ म्याग्नीच्यूडको ठूलो भूकम्प गएको थियो । उक्त भूकम्पबाट सिर्जित सुनामीका कारण करिब एक दर्जन मुलुकका २३,००० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर १७ गते बुधवारको राशिफल यस्तो छ
मंसिर १७ गते बुधवारको राशिफल यस्तो छ
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी  https://abhiyanpost.com/2023/12/22/160158
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी https://abhiyanpost.com/2023/12/22/160158
इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री
इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री
अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक
अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक
झाडू लगाएर सुरु गरे महानगर मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान
झाडू लगाएर सुरु गरे महानगर मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान
महतोलाई भेट्टाउन सकेनन् निधिले
महतोलाई भेट्टाउन सकेनन् निधिले
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जीत
यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जीत
जागिर चट पार्ने त्यो स्विमसुट  फोटो
जागिर चट पार्ने त्यो स्विमसुट फोटो
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

तपाईंले छुटाउनुभयो कि?