अपराध नियन्त्रणका लागि सहकार्य आवश्यक

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १९, २०७५
|
|
६१ पटक हेरिएको
Shares
अपराध नियन्त्रणका लागि सहकार्य आवश्यक

सारांश

  • काठमाडौँ, १९ साउन, विदेशी पर्यटकको मुख्य आकर्षणको केन्द्र ठमेलमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताइएको छ ।
  • महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’का वक्ताहरुले प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण गर्न नसक्ने भन्दै यसका लागि स्थानीय सहयोग आवश्यक रहेको बताएका हुन् ।
  • कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले काठमाडौँको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्दै आइरहेको बताउनुभयो ।

काठमाडौँ, १९ साउन, विदेशी पर्यटकको मुख्य आकर्षणको केन्द्र ठमेलमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’का वक्ताहरुले प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण गर्न नसक्ने भन्दै यसका लागि स्थानीय सहयोग आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले काठमाडौँको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्दै आइरहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले ठमेल क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न प्रहरीले सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो । “नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ठमेलमा आउने पर्यटकलाई सहज वातावरण बनाउन प्रहरी र जनप्रतिनिधि हातेमालो गरेर अगाडि बढ्नुपर्छ,”–उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिका– १७ का अध्यक्ष नवीन मानन्धरले समृद्धिको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुद बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले जनसमुदायबाट पाएका सल्लाह र सुझावका आधारमा प्रहरीले काम गर्दे आइरहेको बताउनुभयो ।

लैनचौर प्रहरीले एक महिनाको अवधिमा ६ हजार ६९२ सेवाग्राहीको गुनासो सम्बोधन, ३९ पर्यटकको समस्या समाधान, ज्यान मार्ने उद्योगमा संग्लन चारजनालाई पक्राउ, रु २० लाखसहित एक हुण्डी कारोबारी पक्राउ, विभिन्न वन्यजन्तुको छालासहित ६ पक्राउ, मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरिसकेको वृत्तप्रमुख केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
चैत ८ गते आइतवारको राशिफल यस्तो छ
चैत ८ गते आइतवारको राशिफल यस्तो छ
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित
पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मिडिया बाट पृथक रहेर लोकतन्त्र बलियो नहुने : मुख्य मन्त्री पोखरेल
मिडिया बाट पृथक रहेर लोकतन्त्र बलियो नहुने : मुख्य मन्त्री पोखरेल
सि . के राउत जस्ता देशद्रोहोलाई फाँसी दे : अध्यक्ष राजिब पहारी
सि . के राउत जस्ता देशद्रोहोलाई फाँसी दे : अध्यक्ष राजिब पहारी
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या
सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या
उद्योगपति एवम् कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना
उद्योगपति एवम् कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना
एरोफ्लोट एयरलाईन्सको जिएसएमा गण्डकी ईन्टरनेशनल ट्राभल नियुक्त
एरोफ्लोट एयरलाईन्सको जिएसएमा गण्डकी ईन्टरनेशनल ट्राभल नियुक्त

तपाईंले छुटाउनुभयो कि?