नेपालसँग शीर झुकाउँछौ तर सम्बन्ध तोड्दैनौः भारतीय रक्षामन्त्री

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २९, २०७८
|
|
५२ पटक हेरिएको
Shares
नेपालसँग शीर झुकाउँछौ तर सम्बन्ध तोड्दैनौः भारतीय रक्षामन्त्री

सारांश

  • भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिगार्न केही शक्तिहरु लागेको टिप्पणी गरेका छन् ।
  • उनले कुनै हालतमा नेपालसँगको सम्बन्ध तोड्न नदिने बताए ।
  • आज उत्तराखण्डको देहरादुनमा बोल्दै सिंहले भारत आवश्यक परे शीर झुकाउन तयार रहेको तर नेपालसँग सम्बन्ध तोड्न तयार नभएको बताए ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिगार्न केही शक्तिहरु लागेको टिप्पणी गरेका छन् । उनले कुनै हालतमा नेपालसँगको सम्बन्ध तोड्न नदिने बताए ।

आज उत्तराखण्डको देहरादुनमा बोल्दै सिंहले भारत आवश्यक परे शीर झुकाउन तयार रहेको तर नेपालसँग सम्बन्ध तोड्न तयार नभएको बताए । उनले नेपालसँग भारतको विशेष सम्बन्ध रहेको उल्लेख गरे । ‘केही शक्तिहरु भारतको नेपालसँगको सम्बन्ध बिगार्न चाहिरहेका छन्,’सिंहको भनाई उदृत गर्दै एएनआइले लेखेको छ,‘सरकारको प्रतिनिधिको हैसियतले म भन्न चाहन्छु कि यदि आवश्यक परे हामी शीर झुकाउँछौं तर नेपालसँगको सम्बन्ध तोड्न दिदैनौं ।’

सिंहले नेपालको सीमा समस्या रहेको भारतको उत्तराखण्डमा पुगेर नेपालसँगको सम्बन्धबारे बोल्नुलाई अर्थपूर्ण मानिएको छ । नेपालको भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा समस्या छ । नेपालले उक्त क्षेत्र नक्शामै राखेको छ । तर, भारतले उक्त क्षेत्र आफ्नो दाबी गर्दै नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा
वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा
कांग्रेसले कहाँ कसलाई दियो टिकट ?
कांग्रेसले कहाँ कसलाई दियो टिकट ?
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन
रक्षामन्त्री पोखरेलले यसरी गरे प्रचण्ड-बामदेवविरुद्ध प्रहार !
रक्षामन्त्री पोखरेलले यसरी गरे प्रचण्ड-बामदेवविरुद्ध प्रहार !
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
आज विश्व पशु दिवस मनाइँदै
आज विश्व पशु दिवस मनाइँदै
वैशाख १७ गते मंगलबारको राशीफल कस्तो छ ? थाहा पाउनुस्
उजिर, आङ्ला, शेर्पा र चौधरीलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार
उजिर, आङ्ला, शेर्पा र चौधरीलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार
इजरायल–हमास युद्धमा १५ सय बढी मारिए, कस्तो छ हालको अवस्था ?
इजरायल–हमास युद्धमा १५ सय बढी मारिए, कस्तो छ हालको अवस्था ?
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका

तपाईंले छुटाउनुभयो कि?