गण्डक-नारायणी जलमार्गको सम्भावना : अध्यक्ष प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २७, २०७५
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासलाई राष्ट्रिय हितसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।
  • चितवन पर्यटन विकास समितिले आयोजना गरेको चितवनको पर्यटन विकासमा स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिका विषयक कार्यशाला गोष्ठीमा नारायणीलगायतका नदी देशकै विकासका लागि वरदान हुनसक्ने बताए ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासलाई राष्ट्रिय हितसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

चितवन पर्यटन विकास समितिले आयोजना गरेको चितवनको पर्यटन विकासमा स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिका विषयक कार्यशाला गोष्ठीमा नारायणीलगायतका नदी देशकै विकासका लागि वरदान हुनसक्ने बताए ।

अध्यक्ष दाहालले पर्यटकहरुको आकर्षण हिमाल भन्दापनि समुन्द्र र नदी किनारमा बढेको उल्लेख गर्दै नारायणी, राप्ती र रिउ नदी चितवनको विकासका लागि वरदान सावित हुनसक्ने धारणा व्यक्त गरे ।

“जलमार्गको कुरा गर्दा गण्डक–नारायणी एउटा उच्च सम्भावना भएको नदी हो भन्ने कुरामा दुई मत छैन, मानिसको ध्यान पहाडभन्दा पनि नदी र समुन्द्रतीर केन्द्रित भएको छ, नारायणी हाम्रो लागि वरदान हुनसक्छ, रिउ र राप्ती नदी पनि कनेक्टिभिटीका दृिष्टले महत्वपूर्ण छ,” अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालले चितवनका लागि वैकल्पिक राजमार्गको आवश्यकतामाथि जोड दिदैं केरुङदेखि ठोरीसम्म जोड्ने हुलाकी मार्गका लागि पृथ्वी राजमार्गको निश्चित बिन्दुबाट सुरुङ खनेर चितवनको शक्तिखोरमा निकाल्ने योजना अघि बढेको जानकारी दिए ।

सडक निर्माणपछि हुलाकी मार्ग उत्तर दक्षिणको महत्वपूर्ण र छोटो बाटो हुने बताउँदै यसले चितवनको र समग्र देशकै पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले गरे बाकु अतेस्गाहको अवलोकन
प्रधानमन्त्री ओलीले गरे बाकु अतेस्गाहको अवलोकन
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
टेन्सनमा प्रचण्ड, भन्छन ‘मलाई फसाइयो ‘
टेन्सनमा प्रचण्ड, भन्छन ‘मलाई फसाइयो ‘
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
बैशाख ९ नजिकिएपछि प्रचण्डले भने, “पार्टी एकता बैशाख महिनामै हुन्छ”
बैशाख ९ नजिकिएपछि प्रचण्डले भने, “पार्टी एकता बैशाख महिनामै हुन्छ”
कामपालाई फोहर व्यवस्थापनमा थप चुनौती
कामपालाई फोहर व्यवस्थापनमा थप चुनौती
एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी, कहाँ को-को?
एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी, कहाँ को-को?
मानहुँको विकासका लागि प्रदेश सरकारको चासो
मानहुँको विकासका लागि प्रदेश सरकारको चासो
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
नेपालमै बन्यो कोरोनाको औषधी !
नेपालमै बन्यो कोरोनाको औषधी !

तपाईंले छुटाउनुभयो कि?