फाेहाेरबाट १७ लाख अाम्दानी !

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २८, २०७५
|
|
६४ पटक हेरिएको
Shares
फाेहाेरबाट १७ लाख अाम्दानी !

सारांश

  • म्याग्दी, २८ साउन ।
  • बेनी नगरपालिकाले फोहर शुल्कबाट गत आवमा रु १७ लाख आम्दानी गरेको छ ।
  • जिल्ला सदरमुकाम बेनी र गलेश्वर बजारको फोहर व्यवस्थापन शुल्कबापत नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १७ लाख ५० हजार ५५५ आम्दानी गरेको हो ।

म्याग्दी, २८ साउन । बेनी नगरपालिकाले फोहर शुल्कबाट गत आवमा रु १७ लाख आम्दानी गरेको छ । जिल्ला सदरमुकाम बेनी र गलेश्वर बजारको फोहर व्यवस्थापन शुल्कबापत नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १७ लाख ५० हजार ५५५ आम्दानी गरेको हो । बेनीबजारमा एक कम्प्याक्टर (फोहोर सङ्कलन गर्ने सवारी साधन) र एक ट्र्याक्टरबाट दैनिक फोहर सङ्कलन गरिन्छ । एउटा घरबाट रु ५० देखि ३०० शुल्क लिने गरिएको नगरपालिकाका सूचना अधिकारी बिमल रञ्जन कार्कीले बताए । शुल्कबापत सङ्कलन हुने रकम फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी साधनको इन्धन, मर्मत र कर्मचारीको तलबभत्तामा खर्च हुने गरेको छ । बेनीमा दैनिक तीन ट्र्याक्टरका दरले सङ्कलन हुने फोहर बेनपा–८ र ९ को सिमाना रातो पहिरोमा व्यवस्थापन गरिँदै आएको छ । बेनी र गलेश्वरमा रहेका हजारभन्दा बढी घरबाट सङ्कलन हुने फोहर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।

वातावरण प्रदूषण न्यूनीकरणसँगै आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले बेनी नगरपालिकाको रातो पहिरोमा फोहर व्यवस्थापन केन्द्र निर्माण शुरु गरिएको छ । त्यसको लागि रु ६७ लाख लागत अनुमान गरिएको छ । फोहर व्यवस्थापन केन्द्रका लागि जग्गा सम्याउने, कालीगण्डकी किनारमा ग्याबियन पर्खाल लगाउने र भवन बनाउने कामका लागि सोमरस निर्माण सेवाले रु ४७ लाखमा ठेक्का सम्झौता गरेको छ । आगामी असोज महिनासम्म फोहर व्यवस्थापन केन्द्रको संरचना तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र्र बनाइएको निर्माण व्यवसायी प्रवीन सापकोटाले बताए । रातोपहिरोस्थित कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाई व्यवस्थापन केन्द्र बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।

कालीगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै स्थानमा भण्डारण गर्ने नगरपालिकाको योजना छ । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने योजना छ । हाल सोही स्थानमा खुल्ला रुपमा फोहर फालिँदै आएको छ । अव्यवस्थित रुपमा फोहर फालिँदा नदी र वरपरका क्षेत्रमा दुर्गन्धले असर गरेको छ । स्थायी फोहर व्यवस्थापन गर्ने ठाउँ पहिचान नहुँदासम्म पुरानै ठाउँलाई व्यवस्थित गर्न लागिएको बेनीनगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
संसदीय सुनुवाई विशेष समितिको बैठक काँग्रेसद्वारा बहिष्कार
संसदीय सुनुवाई विशेष समितिको बैठक काँग्रेसद्वारा बहिष्कार
हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा
हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा
बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल
सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल
एसिड र अन्य अग्निजन्य पीडितलाई फरक व्यवहार, कानुन बनाउन माग
एसिड र अन्य अग्निजन्य पीडितलाई फरक व्यवहार, कानुन बनाउन माग
विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ
विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको
कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको

तपाईंले छुटाउनुभयो कि?