मनोनयन दर्ता उत्साहजनक भयोः निर्वाचन आयोग
सारांश
- निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जनाएको छ ।
- सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ गतेका तुलनामा १२ गते उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जानकारी दिए।
- हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार अर्थात करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको उनले बताए।
निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जनाएको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ गतेका तुलनामा १२ गते उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जानकारी दिए। हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार अर्थात करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको उनले बताए। वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने आयोगका प्रवक्ता पौडेलले बताए।
निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । यी सबै कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने उनले बताए।
आयोगले निर्वाचन पर्यवेक्षणका लागि कूल ६८ वटा संस्थाले आयोगबाट अनुमति लिइसकेको जनाएको छ ।
प्रतिक्रिया