सशस्त्रका एसपी साबले सडकमै पाईन्ट खोलेपछि…

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सशस्त्रका एसपी साबले सडकमै पाईन्ट खोलेपछि…

सारांश

  • काठमाडौं, १२ असार ।
  • सशस्त्र प्रहरी बलका उपरिक्षक गोपाल गुरुङका कारण मध्यरातमा काठमाडौं बौद्धको बीच सडकमै लफ्डा भएकाे खुलेकाे छ ।
  • मध्यरातमा उनी नेतृत्वमा रहेको तीन चार जनाको समूहले हो–हल्ला गर्दै बीच सडकमै पिसाब गरेपछि स्थानीयहरुले उनीहरुको गलत हर्कतको निन्दा गर्दै लखेटाका थिए ।

काठमाडौं, १२ असार । सशस्त्र प्रहरी बलका उपरिक्षक गोपाल गुरुङका कारण मध्यरातमा काठमाडौं बौद्धको बीच सडकमै लफ्डा भएकाे खुलेकाे छ ।

मध्यरातमा उनी नेतृत्वमा रहेको तीन चार जनाको समूहले हो–हल्ला गर्दै बीच सडकमै पिसाब गरेपछि स्थानीयहरुले उनीहरुको गलत हर्कतको निन्दा गर्दै लखेटाका थिए ।

स्रोतका अनुसार उक्त समूहले मदिरा सेवन गरेर मध्यरातमा सडकको बीचमा बसेर होहल्ला मच्चाएको थियो । स्थानीयवासीले समातेर बौद्ध प्रहरीलाई खबर गरेको थियो ।

खबर लगत्तै प्रहरी उक्त स्थानमा पुगेको थियो । नियन्त्रणमा लिएर बुझ्दाखेरि त उक्त समूहका नाईके नै सशस्त्रका एसपी रहेको खुलासा भएको थियो । परिचय पत्रको फोटोकपी राखेर बौद्ध प्रहरीले उनीहरुलाई छोडिदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?