मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २१, २०७५
|
|
५१ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया

सारांश

  • काठमाडौं, २१ असोज ।
  • दाङको घोराहीमा आज मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको शरीरमा तीनवटा सरिया पसेको छ ।
  • घोराही उपमहानगरपालिका १५ शहीद उमेशमार्गमा मोटरसाइकलले ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ झिङ्नीकी ३८ बर्षीया तिला परियार उछिटिट्एर सरिया बोकेको ट्याक्टरमा ठोकिएकी थिइन् ।

काठमाडौं, २१ असोज । दाङको घोराहीमा आज मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको शरीरमा तीनवटा सरिया पसेको छ । घोराही उपमहानगरपालिका १५ शहीद उमेशमार्गमा मोटरसाइकलले ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ झिङ्नीकी ३८ बर्षीया तिला परियार उछिटिट्एर सरिया बोकेको ट्याक्टरमा ठोकिएकी थिइन् ।

महिलाको छातीबाट तीनवटा सरिया पसेर ढाडबाट निस्किएको छ । दुर्घटना लगत्तै सरिया काटेर घाइते परियारलाई उपक्षेत्रीय अस्पतालमा पु¥याइए पनि आसियू नहुँदा उपचार गर्न नसकिएको भन्दै तत्काल भैरहवा रिफर गरिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहायक निर्देशक बसन्त लामिछानेले जानकारी दिए ।

रा ३ प ५२५८ नम्बरको मोटरसाइकल र लु ४३ प २४२९ नम्बरको मोटरसाइकल ठोकिएपछि अनियन्त्रित भएको लु ४३ प २४२९ नम्बरको मोटरसाइकलले पैदल यात्रु महिलालाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट ती महिला रा १ त २३२० नम्बरको ट्याक्टरमा ठोकिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

अनलोड गर्नका लागि तयार भएको ट्याक्टरमा ठोकिएर उक्त घटना भएको हो । घटनामा संलग्न चालकसहित ट्याक्टर र दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । २४२९ नम्बरको मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १४ बाल मन्दिर चोकमा मोबाइल पसल गर्दै आएका २३ वर्षीय हेमराज वली समेत घाइते भएका छन् ।

पछिल्लो समय निकै व्यस्त बन्दै गएको उमेशमार्ग रोडमा अव्यवस्थित पार्किङले पनि दुर्घटना बढाउने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?