शव परीक्षणपछि मेहतालाई भारत लगिँदै

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३०, २०७५
|
|
५५ पटक हेरिएको
Shares
शव परीक्षणपछि मेहतालाई भारत लगिँदै

सारांश

  • सुर्खेत, ३० साउन ।
  • मनाङ एयरको हेलिकप्टरको पङ्खाले लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ ।
  • मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको थियो ।

सुर्खेत, ३० साउन ।मनाङ एयरको हेलिकप्टरको पङ्खाले लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ ।मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको थियो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पु¥याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले राससलाई बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मृतकका परिवारबाट जाहेरी लिई बयान सकेर शव परीक्षण गर्न थालिएको बताए । शव परीक्षणपश्चात् आफन्तलाई बुझाई हेलिकोप्टरबाट काठमाडौँ हुँदै भारत लगिने तयारी गरिएको छ । सेल्फी खिच्ने क्रममा पङ्खा लागेर मेहताको टाउको क्षतविक्षेत भएको थियो । उनको परिवारसहित तीन जना आफन्त मुम्बईको एक्स्प्लोर कैलाश ट्रेक प्राइभेट लिमिटेडबाट एक हप्ताका लागि मानसरोवर दर्शन गर्न गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालोपत्र नभएको भन्दै बौद्ध सडक बन्द
कालोपत्र नभएको भन्दै बौद्ध सडक बन्द
द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने
द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने
प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै निगमका कार्यकारी अध्यक्ष खरेलको जागीर चट !
प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै निगमका कार्यकारी अध्यक्ष खरेलको जागीर चट !
नेपालगञ्ज बमकाण्डः अभियुक्त सार्वजनिक, प्रहरीलाई दिए यस्तो बयान
नेपालगञ्ज बमकाण्डः अभियुक्त सार्वजनिक, प्रहरीलाई दिए यस्तो बयान
कमल थापाले दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन गरे पत्राचार
कमल थापाले दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन गरे पत्राचार
एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने पक्षमा उभिए महरा
एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने पक्षमा उभिए महरा
कोरोना भाइरस सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?
कोरोना भाइरस सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?
नेपाल भारत सीमा विवादमा चीन संलग्न नहुने संकेत
नेपाल भारत सीमा विवादमा चीन संलग्न नहुने संकेत
७९ एसपीको सरुवा, आईजीपीको सचिवालयमा को?(सुचिसहित)
७९ एसपीको सरुवा, आईजीपीको सचिवालयमा को?(सुचिसहित)
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने

तपाईंले छुटाउनुभयो कि?