सुनिता राई कन्दङ्वा ‘एक जुवा घाम’

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
सुनिता राई कन्दङ्वा ‘एक जुवा घाम’

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • इजरायलमा बसेर कविता सिर्जनाका साथसाथै साहित्य सेवा गरिरहेकी तेह्रथुमकी सुनिता राई कन्दङ्वा आफ्नो पहिलो कवितासङ्ग्रह ‘एक जुवा घाम’ लिएर आउनुभएको छ ।
  • सानैदेखि कविता लेखनमा अभिरुचि लिनुभएका उहाँका यसअघि विभिन्न पत्रपत्रिकामा फुटकर कविता प्रकाशन भएका थिए ।

काठमाडौँ, १० भदौ । इजरायलमा बसेर कविता सिर्जनाका साथसाथै साहित्य सेवा गरिरहेकी तेह्रथुमकी सुनिता राई कन्दङ्वा आफ्नो पहिलो कवितासङ्ग्रह ‘एक जुवा घाम’ लिएर आउनुभएको छ ।सानैदेखि कविता लेखनमा अभिरुचि लिनुभएका उहाँका यसअघि विभिन्न पत्रपत्रिकामा फुटकर कविता प्रकाशन भएका थिए । सङ्ग्रहमा ‘एक जुवा घाम’, ‘एक जीवित आत्मा’, ‘आमाको पुकार’, ‘ढाँडखोला भञ्ज्याङ र मेरी आमा’, र ‘कदेखि ज्ञसम्म’ लगायत शीर्षक ६१ कविता समाविष्ट छन् ।

कविता ग्रामीण विम्ब, प्रतीक र मिथकको कुशल प्रयोग भई सरल र सम्प्रेष्य रहेको साहित्यकार शशि लुमुम्बुले जानकारी दिनुभयो । सङ्ग्रहभित्र प्रा डा गोविन्दराज भट्टराई कन्दङ्वालाई ‘समकालीन नेपाली कविता जगत्मा राम्रा कविता रच्ने एक स्पष्टवादी नारी स्रष्टा’ भनेका छन् । सङ्ग्रह विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?