फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
सारांश
- सुजन पन्त काठमाडौं ।
- व्यवसायीले सोचेजस्तै भविष्यको ‘सुन्दर, सबल र समृद्ध टान’ बनाउने दाबी गर्दै पर्यटन व्यावसायी चेवन देवकोटाले महासचिव पदमा मनोनयन दर्ता गरेका छन् ।
- देवकोटाले प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धनको तर्फबाट महासचिवमा मनोनयन दर्ता गरेका हुन् ।
- सुजन पन्त
काठमाडौं । व्यवसायीले सोचेजस्तै भविष्यको ‘सुन्दर, सबल र समृद्ध टान’ बनाउने दाबी गर्दै पर्यटन व्यावसायी चेवन देवकोटाले महासचिव पदमा मनोनयन दर्ता गरेका छन् । देवकोटाले प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धनको तर्फबाट महासचिवमा मनोनयन दर्ता गरेका हुन् ।
मोहन लम्सालको नेतृत्वमा देवकोटाले मनोनयन दर्ता गरेको जानकारी दिएका छन् । देवकोटा आफ्नो ‘ड्रिम प्लान’ सहित फरक ‘भिजन’ दिएर महासचिव पदको दाबी गरेको बताउँछन् ।
अक्टोवर २९ तारिखमा हुन लागेको अधिवेशनमा देवकोटाले उम्मेदवारी दिएका हुन । करिब १५ बर्षदेखि पर्यटन क्षेत्रमा रम्दै आएको देवकोटा दिगो पर्यटन विकासको निम्ति निरन्तर रुपमा लागि परेका छन् ।
नेपालको पर्यटन क्षेत्रलाई गुणस्तरिय बनाउन, टानमा भएको आन्तरिक समस्यालाई निर्मुल गर्न, टिम्स कार्डको समस्यालाई समाधान गर्न, आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालप्रति आकर्षक गराउन र युवाहरुलाई पर्यटन क्षेत्रमा अग्रसर गराउनका लागि महासचिवमा उम्मेदवारी दिएको देवकोटाले बताए ।
व्ययसायीहरुले कस्तो नेतृत्व छान्लान् ?
टान अर्थात् नेपालको ट्रेकिङ व्यवासायीको छाता संगठन । विगतका अगुवाहरुको ‘स्वेच्छाचारी’ सञ्चालनका कारण पीडित बनेको वर्तमान र भविष्यलाई जोड्दै यतिबेला टानमा भावी नेतृत्वबारे चर्चा चुलिन थालेको छ ।
कस्तो टान बनाउने भन्ने कुरा कस्तो नेतृत्व ल्याउने भन्नेले निर्धारण गर्ने हुनाले नेतृत्वबारे समयमै बहस हुनु सर्वथा वाञ्छनीय कुरा पनि हो । अक्टोबर २९ भित्रै नेतृत्व चयन भइसक्ने भनिएको ३९ औं साधारण सभाबाट व्यवसायीहरु कस्तो नेतृत्व छान्न सफल होलान् त ?
ठिक यतिबेला, कम्तीमा आफू बन्ने भन्दा पनि टानलाई बनाउने नेतृत्व आउला या नआउला भन्ने चिन्ता असली ट्रेकिङ व्यवसायीमा बढ्दै गएको देखिन्छ ।
को हुन् देवकोटा ?
२०२७ सालमा गोरखा जिल्लाको फुजेल गाविसमा जन्मिएका देवकोटा सामान्य परिवारका हुन् । मनासलु हिमालको काखमा जन्मिएको बताउने देवकोटाले नाम्जुङको श्री जनशक्ति उ.मा.वि. बाट एसएलसी पास गरेका हुन् ।
२०४५ को जनआन्दोलन हुँदै गर्दा देवकोटा काठमाडौं आएका हुन् । करिब २२ वर्ष पर्यटन क्षेत्रमा आबद्व देवकोटा मनासलु एड्भेन्चर ट्रेकिङ प्रा.लि.का सञ्चालक हुन् ।
इमान्दार र लगनशील स्वभावका देवकोटा नेपाल भिजन ट्रेक्सका संस्थापक समेत हुन् । देवकोटा पर्यटन सेवा संघको कार्यसमिति र एनएमएको कार्यसमिति सँगसँगै सचिवालयको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
देवकोटाको उम्मेदवारीले फुजेलवासीमा खुसी छाएको छ । फुजेलको इतिहासमा पर्यटन क्षेत्रमा नै पहिलो पटक देवकोटाले टानको महासचिव जस्तो पदमा उम्मेद्वारी दिएका हुन् ।
प्रतिक्रिया