अष्ट्रेलियाली चलचित्र निर्माता क्याम्बोडियाकाे जेलमा !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
४७ पटक हेरिएको
Shares
अष्ट्रेलियाली चलचित्र निर्माता क्याम्बोडियाकाे जेलमा !

सारांश

  • नोम्पेन्ह, १५ भदौ ।
  • अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ ।
  • अष्ट्रेलियाली चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले सुनाएको छ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद काम भनी टिप्पणी गरेको छ ।

नोम्पेन्ह, १५ भदौ । अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ । अष्ट्रेलियाली चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले सुनाएको छ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद काम भनी टिप्पणी गरेको छ । उनलाई गतवर्षको जुन महिनादेखि पक्राउ गरी थुनामा राखिएको थियो । शुक्रबार एक अदालतले उनलाई देशका विरुद्ध जासुस गरेको भन्दै छ वर्षको जेल सजाय सुनाएको हो । गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा  विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी ¥यालीको तस्बिर उनले ड्रोन प्रयोग गरेर खिचेका थिए ।  कम्बाेडिया सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्राष्ट्रिय रुपमा नै देशका विरुद्धमा जासुसी गरेको आरोप उनलाई लगाइएको थियो ।

गत वर्षको जुनदेखि थुनामा राखिएको उनको मुद्दाको सुनुवाई यसै हप्ता शुरु भएको थियो । छ दिनको सुनुवाइपछि शुक्रबार अदालतले उनलाई छ वर्षको जेल सजाय सुनाएको हो । फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुई ओटा मुद्धा लगाइएको थियो । ती दुवै मुद्दामा दोषी ठहर गरेर उनलाई छ वर्षको जेल सजायँ तोकिएको उक्त अदालतले बताएको छ । उनले क्याम्बोडियामा बसेर देशका विरुद्धमा विदेशका लागि जासुसी गरेको ठहर अदालतको छ । तर उक्त आरोप रिक्सटनले भने अस्वीकार गरेका छन् । अदालतमा सुनुवाई भइरहेकै बेला उहाँले चर्काे स्वरमा भन्नुभएको थियो– विश्वासै गर्न नसकिने, मैले क्याम्बोडियाका विरुद्धमा कुन देशलाई जासुसी गरेँ ? चलचित्र निर्माता रिक्सटनका अधिवक्ताले यस फैसलका विरुद्ध क्याम्बोडियाका राजासँग माफीका लागि अपिल गर्ने जानकारी दिए ।
चलचित्र निर्माता रिक्सटन ६९ वर्षको हुनुहुन्छ । उक्त फैसला सुनाइएपछि उनले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र काँग्रेशको मत बराबरी भएपछी गोलाप्रथाद्वारा गाउपालिका अध्यक्ष !
एमाले र काँग्रेशको मत बराबरी भएपछी गोलाप्रथाद्वारा गाउपालिका अध्यक्ष !
बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर
बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर
पूर्वराजाले छोरी प्रेरणालाइ दिएको दाईजो सरकारको नाममा आउने…
पूर्वराजाले छोरी प्रेरणालाइ दिएको दाईजो सरकारको नाममा आउने…
जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह
जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह
तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी
तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी
दाह्री काट्दै केपी ओलीले किन भने यस्ताे ?
दाह्री काट्दै केपी ओलीले किन भने यस्ताे ?
सन्दीपले आज कस्तो खेल्लान त आज बंगालादेश प्रिमियर !
सन्दीपले आज कस्तो खेल्लान त आज बंगालादेश प्रिमियर !
डर्टमुन्डको पुनरागमन जित
डर्टमुन्डको पुनरागमन जित
प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु
प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?

तपाईंले छुटाउनुभयो कि?