सुरक्षित गर्भपतन गराउनेकाे संङ्ख्या बढ्दै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
६१ पटक हेरिएको
Shares
सुरक्षित गर्भपतन गराउनेकाे संङ्ख्या बढ्दै

सारांश

  • इनरुवा, २२ भदौ ।
  • सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ ।
  • आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो ।

इनरुवा, २२ भदौ । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ ।आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिनुभयो ।जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमश: बढ्दै गएको देखिएको छ । आइपासको तथ्याङ्कअनुसार जिल्लामा आव २०७१÷०७२ मा २९१, २०७२÷०७३ मा ७५६, २०७३÷०७४ मा ९३६ र २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।

गत आवको साउनमा १०३ , भदौमा ७३, असोजमा ७०, कात्तिकमा ९६ , मङ्सिरमा ८२, पुसमा १३९, माघमा १४८, फागुनमा ८९, चैतमा १९, बैशाखमा ११२, जेठमा १३३ र असारमा १२६ जनाले सुरक्षित गर्भपतन गराएका थिए । महिलामा जनचेतनाको वृद्धि, सुरक्षित गर्भपतन सेवा कार्यक्रमबारे कार्यक्रम सञ्चालन, निःशुल्क गर्भपतन सेवाको शुरुआत, १२ हप्ताभन्दा माथि अवधि तथा औषधिको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन सेवाको शुरुआत र तालीमलगायतका कारणले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।

तथ्याङ्क हेर्दा सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बढेको देखाएपनि असुरक्षितरुपमा गर्भपतन गराउने बढी रहेको स्थानीयले बताएका छन् । नेपालबाट भारतमा गएर गर्भपतन गराउने र भारतबाट नेपालमा आएर गर्भपतन गराउनेको सङ्ख्या पनि बढी रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?
फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?
आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
सत्ता गठबन्धन: तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
सत्ता गठबन्धन: तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
भारत–पाकिस्तानबीचको युद्धले कश्मिरको समस्या समाधान हुन्छ?
भारत–पाकिस्तानबीचको युद्धले कश्मिरको समस्या समाधान हुन्छ?
प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद
प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद
नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश-बिहारबासी लखेटिए
माननीय छिरिङ दोर्जे बाढी पिडितलाई सहयोग गर्दै ।
माननीय छिरिङ दोर्जे बाढी पिडितलाई सहयोग गर्दै ।
भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई
भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा
बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा

तपाईंले छुटाउनुभयो कि?