जापानबाट चामल सहयोग उपलब्ध

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २५, २०७५
|
|
५९ पटक हेरिएको
Shares
जापानबाट चामल सहयोग उपलब्ध

सारांश

  • काठमाडौँ, २५ भदौ ।
  • जापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ ।
  • दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो ।

काठमाडौँ, २५ भदौ । जापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो ।

आज यहाँ आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई चामल हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा सचिव घिमिरेले खाद्य समस्या हुने देशका विभिन्न दुर्गम जिल्लामा चामल व्यवस्थित तरिकाले वितरण गरिने बताउनुभयो । राजदूत साइगोले नेपालको कृषि, पर्यटनलगायत क्षेत्रको विकासमा सहयोग पु¥याउने नीति रहेको बताउनुभयो ।

खाद्य संस्थानका अध्यक्ष नवराज ढकाल र महाप्रबन्धक योगेन्द्र गौचनले खाद्य उत्पादनमा समस्या रहेका हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायत हिमाली जिल्लाका गरीब जनताको सहयोगका लागि जापान सरकारले विगतमा पनि विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए
चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए
१३औँ सागः ५ बलमै जित्यो नेपाली महिला क्रिकेट टोलीले
१३औँ सागः ५ बलमै जित्यो नेपाली महिला क्रिकेट टोलीले
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट, के भयाे छलफल ?
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट, के भयाे छलफल ?
आज बढ्यो सुनको मूल्य, कतिमा बिक्री हुँदैछ ?
आज बढ्यो सुनको मूल्य, कतिमा बिक्री हुँदैछ ?
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास
ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
राेचक समाचार :यी कामुक महिला, जसले ८० जना पुरुषसँग राखिन शारीरिक सम्बन्ध
राेचक समाचार :यी कामुक महिला, जसले ८० जना पुरुषसँग राखिन शारीरिक सम्बन्ध
आज ४ सय ९० कोरोना संक्रमित थप
आज ४ सय ९० कोरोना संक्रमित थप

तपाईंले छुटाउनुभयो कि?