संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १, २०७५
|
|
४८ पटक हेरिएको
Shares
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !

सारांश

  • काठमाडाैँ, १ असाेज ।
  • नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले संविधान संशोधन गरेर दुई प्रधानमन्त्री राख्ने व्यवस्था गर्न भन्दै सत्तारूढ दल नेपाल म्युनिस्ट पार्टीप्रति व्यंग गरेका छन्।
  • प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद शाहले नेपाल वायुसेवा निगममा दुई कार्यकारी राखेको प्रति आपत्ती जनाउँदै नेकपाप्रति व्यंग गरेका हुन्।
काठमाडाैँ, १ असाेज । नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले संविधान संशोधन गरेर दुई प्रधानमन्त्री राख्ने व्यवस्था गर्न भन्दै सत्तारूढ दल नेपाल म्युनिस्ट पार्टीप्रति व्यंग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद शाहले नेपाल वायुसेवा निगममा दुई कार्यकारी राखेको प्रति आपत्ती जनाउँदै नेकपाप्रति व्यंग गरेका हुन्। उनले वायु सेवा निगममा आइतबार सरकारले कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेकोप्रति व्यंग गरेका हुन्।
निगममा कार्यकारी प्रमुखमा महाप्रबन्धक सुगतरत्न कंशाकार कार्यरत छन्। एउटै संस्थामा दुई कार्यकारी राख्ने नेकपाको बानी नै परेको भन्दै शाहले व्यंग गरेका हुन्। नेकपामा दुई अध्यक्ष रहेका छन्। शाहले संसदमा दुई तिहाई रहेको दलले संविधान परिवर्तन गरेर प्रधानमन्त्री पनि दुई राख्न भन्दै नेकपाप्रति व्यंग गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीमा कम्पनीको चुक्ता पुँजी पु-याउने समय असार मसान्तसम्म
बीमा कम्पनीको चुक्ता पुँजी पु-याउने समय असार मसान्तसम्म
चिसोले राउटे बालबालिका बिरामी पर्न थाले
चिसोले राउटे बालबालिका बिरामी पर्न थाले
प्रियंकालाई प्रश्न बच्चा कति छन्?
प्रियंकालाई प्रश्न बच्चा कति छन्?
टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने
टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने
प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, एमाले र कांग्रेसबीच सहमतिको प्रयास
प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, एमाले र कांग्रेसबीच सहमतिको प्रयास
प्रहरी प्रशासनको मनपरि- ‘चतुरे’लाई पक्रन गको प्रहरीले प्रेमबहादुरलाई जेल पठायो
प्रहरी प्रशासनको मनपरि- ‘चतुरे’लाई पक्रन गको प्रहरीले प्रेमबहादुरलाई जेल पठायो
ईन्धन खर्च कटौती गर्ने निर्णय आजदेखि कार्यान्वयन हुने
आन्दोलन उग्र बन्दै गएपछि, भिमदत्त नगरपालिकामा अनिश्चितकालिन कर्फ्यू
आन्दोलन उग्र बन्दै गएपछि, भिमदत्त नगरपालिकामा अनिश्चितकालिन कर्फ्यू
नागरिक उड्डयन प्राधिकरणलाई एयरलाइन्स, होटललगायतले अर्वौं तिर्न बाँकी…
नागरिक उड्डयन प्राधिकरणलाई एयरलाइन्स, होटललगायतले अर्वौं तिर्न बाँकी…
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न

तपाईंले छुटाउनुभयो कि?