अध्यक्ष प्रचण्ड पत्नीसहित लागे सिंगापुर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ११, २०७५
|
|
४६ पटक हेरिएको
Shares
अध्यक्ष प्रचण्ड पत्नीसहित लागे सिंगापुर

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सिंगापुर गएका छन् ।
  • यसअघि पत्नी सीताको सिङ्गापुर माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सिंगापुर गएका छन् ।

यसअघि पत्नी सीताको सिङ्गापुर माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर गएका प्रचण्डको सचिवालयले जनाएको छ ।

सीता मधुमेह, उच्च रक्तचापबाट पीडित छन् । उनकी छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ सिंगापुर गएका हुन्।

नेपालमा उपचार सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?