सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन १३, २०७५
|
|
६० पटक हेरिएको
Shares
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च

सारांश

  • घोराही, १३ असोज ।
  •   दाङमा एक हजार ३५६ बालबालिका अझैं पनि विद्यालय बाहिर रहेका छन ।
  •  सरकारले सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च गरेको छ ।

घोराही, १३ असोज ।  दाङमा एक हजार ३५६ बालबालिका अझैं पनि विद्यालय बाहिर रहेका छन । सरकारले सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च गरेको छ । विद्यालयमा बालबालिकालाई भर्ना गराउने अभियान पनि भइरहन्छ । सोहीअनुरुप भर्ना अभियानमा पनि लाखौँको खर्च हुने गरेको छ तर पनि बालबालिकाको आधारभूत र अनिवार्य मानिएको विद्यालय तहको शिक्षा अझै सबै बालबालिकाले प्राप्त गर्न सकेका छैनन् ।

जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइले जिल्लामा अझै पनि दुई दशमलव आठ प्रतिशत अर्थात् एक हजार ३५६ बालबालिका विद्यालय बाहिर छन् । यो सङ्ख्या सम्बन्धित विद्यालय, विद्यार्थी एवं स्रोत व्यक्तिले टोल टोलमा पुगेर, सोधेर खोजेर तयार पारेको तथ्याङ्क हो । यसमा जिल्ला बाहिरबाट बालमजदूरका रूपमा काम गर्न दाङका बजार, उद्योगमा आउने, घर छाडेर काममा अन्यत्रै जाने बालबालिकाको सङ्ख्या जोडिएको छैन । यी सबैलाई जोड्दा दाङमा विद्यालय बाहिर भएका बालबालिकाको सङ्ख्या दोब्बर हुन सक्ने अनुमान गरिएको छ । पाँच वर्षदेखि १६ वर्ष उमेर समूहका ७० बालबालिका उमेर पुगेर पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् भने तीन वर्षदेखि पाँच वर्ष उमेरका २८५ बालबालिका विद्यालयमा आउन सकेका छैनन् । यस्तै बीचैमा विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या एक हजार एक छ ।

अहिले दाङको घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुरजस्ता स्थानमा बाक्लो बजार विस्तार हँुदैछ । जहाँका होटल, रेष्टुराँ, साना उद्योग, फर्निचरमा धेरै बालबालिका मजदूरका रूपमा काम गरिरहेका छन् । जसका कारण बालबालिका नियमित विद्यालय जान पाएका छैनन् र बीचैमा नै विद्यालय छोड्न बाध्य छन् । जिल्ला शिक्षा समन्वय एकाइका सूचना अधिकारी देवमणि चौधरीका अनुसार परिवारको चेतनास्तरकै कारण बालबालिका विद्यालय बाहिर रहेको बताउनुभयो । स्रोत व्यक्ति, विद्यालयका प्रअ, शिक्षक र त्यहाँ अध्ययनरत विद्यार्थीले पनि बालबालिकालाई विद्यालय ल्याउनका लागि विभिन्न अभियान सञ्चालन गरेका छन तर अभिभावकले विद्यालय भर्ना गर्न नमान्दा धेरै बालबालिका विद्यालय बाहिर भएको उहाँको भनाइ छ ।

“परिवारको कमजोर आर्थिक अवस्था र आफ्ना बालबालिकालाई पढाउनु पर्छ भन्ने सोच अभिभावकमा नआउँदा बालबालिका विद्यालय बाहिर छन्”, उहाँले भन्नुभयो, “अभिभावकले नै बालबालिकालाई मजदूरको रूपमा काम गर्न पठाइरहेका घटना छन्, जसले बच्चाको पढाइ रोकिएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गच्छदारको बचाउ र अख्तियारको विरोधमा नेविसंघ र तरुण दल सडकमा
गच्छदारको बचाउ र अख्तियारको विरोधमा नेविसंघ र तरुण दल सडकमा
म्यानचेस्टर सिटी सेमिफाइनलमा
म्यानचेस्टर सिटी सेमिफाइनलमा
राष्ट्रियसभाको गठन नभईकन प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न : साउद
राष्ट्रियसभाको गठन नभईकन प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न : साउद
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट
काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट
टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु
टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु
हुम्लामा अत्यधिक हिमपात, जनजीवन कष्टकर
हुम्लामा अत्यधिक हिमपात, जनजीवन कष्टकर
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन एस जयश‌ंकर काठमाडौंमा
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन एस जयश‌ंकर काठमाडौंमा
नहर, कुलो र मुहान निर्माण योजना
नहर, कुलो र मुहान निर्माण योजना

तपाईंले छुटाउनुभयो कि?