राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक ५, २०७५
|
|
५४ पटक हेरिएको
Shares
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !

सारांश

  • काठमाडौं, ५ कात्तिक ।
  • दसैंको टीकाको दिन (शुक्रबार) राष्ट्रपति कार्यालयमा लगाइएको टीकाको शैलीले सामाजिक सञ्जालमा बहस उब्जाएको छ ।
  • टीका लगाउने बेलामा राष्ट्रपति विद्यादेवी भण्डारी कुर्सीमा बसेको देखिन्छ भने उनीसँग टीका लगाउने अन्य विशिष्ट नागरिकमध्ये कोही कुर्सीमा बसेर, कोही उभिएर र कोही घुँडा टेकेर टीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

काठमाडौं, ५ कात्तिक । दसैंको टीकाको दिन (शुक्रबार) राष्ट्रपति कार्यालयमा लगाइएको टीकाको शैलीले सामाजिक सञ्जालमा बहस उब्जाएको छ । टीका लगाउने बेलामा राष्ट्रपति विद्यादेवी भण्डारी कुर्सीमा बसेको देखिन्छ भने उनीसँग टीका लगाउने अन्य विशिष्ट नागरिकमध्ये कोही कुर्सीमा बसेर, कोही उभिएर र कोही घुँडा टेकेर टीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

त्यसरी टीका लगाउने क्रममा विभेद गरिएकोमा सामाजिक सञ्जालमा राष्ट्रपति कार्यालयको व्यवस्थापनका बारेमा प्रश्न उब्जिएको छ । सामाजिक सञ्जालमा सबैभन्दा बढी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको तस्बिरले चर्चा पाएको छ । उनले घुँडा भुइँमा धसेर राष्ट्रपतिसँग टीका लगाएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनलाई टीका लगाउने क्रममा कुर्सीमा राखिएको छ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली दम्पती, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल दम्पती, सभामुख कृष्णबहादुर महरा दम्पती, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल दम्पती, अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रपति भण्डारीका छोरी–ज्वाइँलगायतलाई भने कुर्सीमा राखिएको तस्बिर सार्वजनिक भएको छ ।

उता, नेकपाका सचिवालय सदस्य वामदेव गौतम दम्पती भने टीका लगाउने क्रममा उभिएका देखिन्छन् । त्यसैगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एउटा घुँडा टेकेर निहुरिएर राष्ट्रपतिबाट टीका लगाएका छन् ।

सामाजिक सञ्जालमा राष्ट्रपति कार्यालयको टीकाका बारेमा धेरै चर्चा भएको विषयमा राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्मासँग  जिज्ञासा राख्दा उनले आफूले पनि त्यस्तो चर्चा थाहा पाएको बताए । ‘‘म दसैंमा पोखरा गएको थिएँ । भर्खर आएर कार्यालय छिरेको छु । कसरी यस्तो भयो, हामी छलफल गर्छौं,” उनले भने ।उता, फोटोभाइरल भएपछि पूर्व प्रधानन्यायाधीश पराजुलीले फेसबुकमा जथाभावी फोटो राखिएको भन्दै आपत्ति जनाएका छन् । ‘‘सत्यतथ्य नबुझी फेसबुकमा जथाभावी फोटाहरू विकृत तवरबाट राख्नु र कसैको उपहास गर्नु कानुनतः अपराध हुन्छ र त्यो कार्य शिष्टाचारीहरूको मर्यादा र नैतिकताले दिँदैन,’’ उनले फेसबुकमा भनेका छन् ।

तस्बिरहरू : सामाजिक सञ्जाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक ९ गते शनिबारको राशिफल यस्तो छ
Priyanka-Nick, SRK-Gauri and others attended Akash-Shloka’s pre-engagement bash, see pics
Priyanka-Nick, SRK-Gauri and others attended Akash-Shloka’s pre-engagement bash, see pics
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको  अनुमान !
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको अनुमान !
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाइ, द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाइ, द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास
ज्ञानेन्द्र किन जान लागे सिमरा !
बार्सिलोनालाई ४-२ ले हराउँदै गिरोना शिर्ष स्थानमा
बार्सिलोनालाई ४-२ ले हराउँदै गिरोना शिर्ष स्थानमा
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
Best Management Software You Should Consider Using

तपाईंले छुटाउनुभयो कि?