सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक ७, २०७५
|
|
६० पटक हेरिएको
Shares
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

सारांश

  • भक्तपुर, ७ कात्तिक ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को व्यवस्थापनको विशिष्टताका लागि पाँच वर्षे नयाँ रणनीति योजना निर्माण शुरु भएको छ ।
  • सिटीइभिटीले आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ)मा आयोजना गरेको पाँच दिने रणनीतिक योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै शिक्षा सचिव खगराज बरालले सिटीइभिटीले प्रत्येक जनताको हातहातमा सीप दिएर समृद्ध नेपालको सपनालाई पूरा गर्ने रणनीतिक योजना तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर, ७ कात्तिक । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को व्यवस्थापनको विशिष्टताका लागि पाँच वर्षे नयाँ रणनीति योजना निर्माण शुरु भएको छ । सिटीइभिटीले आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ)मा आयोजना गरेको पाँच दिने रणनीतिक योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै शिक्षा सचिव खगराज बरालले सिटीइभिटीले प्रत्येक जनताको हातहातमा सीप दिएर समृद्ध नेपालको सपनालाई पूरा गर्ने रणनीतिक योजना तयार पार्नुपर्नेमा जोड दिनुभयो । सिटीइभिटीले उत्पादन गरेका जनशक्तिले श्रम बजारमा तुरुन्तै रोजगारी पाउन सक्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर सिटीइभिटीले उद्योग व्यवसायमा प्रत्यक्ष रोजगारी पाउने जनशक्ति उत्पादन गर्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो ।

सचिव बरालले भन्नुभयो, “सिटीइभिटीबाट उत्पादित जनशक्तिको हातमा काम, खल्तीमा दाम र थालमा माम पाउने गरी हुनुपर्छ, प्राविधिक शिक्षा लिएका कुनै पनि जनशक्ति खाली हात बस्नु पर्ने अवस्था आउनु हँुदैन ।” कार्यक्रममा कोलम्बो प्लान स्टाफ कलेजका महानिर्देशक डा रामहरि लामिछानेले प्राविधिक शिक्षा एवं व्यावसायिक तालीम परिषद्को व्यवस्थापनको प्रभावकारिता र दक्षता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । परिषद्का उपाध्यक्ष डा कुलबहादुर बस्नेतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका क्षेत्रमा सूचना तथा प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।

परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले परिषद्को रणनीति योजना निर्माण गर्दा हालसम्म सम्पन्न भएका गतिविधिलाई सुक्ष्मरुपमा अध्ययन गरी के कति उपलब्धि हासिल भए, के कति उपलब्धि हुन बाँकी छ र अपेक्षित उपलब्धि हुन नसक्नुका कारण केलाउनु पर्नेमा जोड दिनुभयो । कोलम्बो प्लान स्टाफ कलेजको सहयोगमा शुरु भएको कार्यशालामा सिटीइभिटीअन्तर्गत देशभर रहेका ४५ आङ्गिक विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको सिटीइभिटीका निर्देशक प्रमोदभक्त आचार्यले बताउनुभयो । सिटीइभिटीले २०१४ देखि २०१८ सम्म बनाएको पाँचवर्र्षे रणनीति योजनाको अवधि भने आगामी डिसेम्बरमा सकिँदैछ ।

रमेश गिरी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको हत्याका आरोपी महिला पक्राउ
प्रहरीको हत्याका आरोपी महिला पक्राउ
उदयपुरका सहायक वन अधिकृत लालबाबुमाथि कारवाहीको माग
उदयपुरका सहायक वन अधिकृत लालबाबुमाथि कारवाहीको माग
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।
गाजामा जारी युद्धविराम थप दुई दिन बिस्तार
गाजामा जारी युद्धविराम थप दुई दिन बिस्तार
सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु
सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने
दलका नेता भन्दा कलाकार चुनावी अभियानमा
दलका नेता भन्दा कलाकार चुनावी अभियानमा
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
सामाजिक विकास मंचमा खतिवडाको नेतृत्व
सामाजिक विकास मंचमा खतिवडाको नेतृत्व

तपाईंले छुटाउनुभयो कि?