बाराक अाेबामालाइ पठाएकाे वम सीएनएनको कार्यालयमा !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
बाराक अाेबामालाइ पठाएकाे वम सीएनएनको कार्यालयमा !

सारांश

  • काठमाडौं, ८ कात्तिक ।
  • अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनसहित उच्च व्यक्तित्व र सञ्चार माध्यममा हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको खुलासा भएको छ ।
  • २३ अक्टोबरमा क्लिन्टन र त्यसको भोलिपल्ट ओबामाको ठेगानामा विस्फोटक पदार्थ पठाइएको थियो ।

काठमाडौं, ८ कात्तिक । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनसहित उच्च व्यक्तित्व र सञ्चार माध्यममा हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको खुलासा भएको छ । २३ अक्टोबरमा क्लिन्टन र त्यसको भोलिपल्ट ओबामाको ठेगानामा विस्फोटक पदार्थ पठाइएको थियो । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसका अनुसार, दुवै ठेगानामा एउटै शैलीमा विस्फोटक पदार्थ प्याक गरेर पठाइए पनि ती कुनै पनि विस्फोट भने भएनन् । ओबामा र क्लिन्टनको ठेगानामा पुग्नुअगावै विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको छ । सर्भिसका अधिकारीहरूले वासिंटन डीसीमा ती विस्फोटक पदार्थ नियन्त्रणमा लिएका हुन् ।

तर ओबामाका प्रवक्ताले यसबारे कुनै प्रतिक्रिया नजनाएको बीबीसीको विवरणहरुमा उल्लेख छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सीएनएनको न्यूयोर्कस्थित कार्यालयमा भने सम्पूर्ण सरकारी निकायहरुलाई छल्दै त्यस्तो विस्फोटक पदार्थ पुर्‍याइएको छ । जसको त्रासले टेलिभिजनको समाचार कक्ष नै खाली गराइएको समाचारहरु प्रकाशमा आएका छन् ।

अमेरिकामा पछिल्लो समय विस्फोटक पदार्थहरुको त्रास बढेको छ । केही दिनअघि मात्रै न्यूयोर्कका एक अर्बपति तथा समाजसेवी जर्ज सुरोसको घरमा बम भेटिएको थियो । यस्ता विस्फोटक पदार्थ पूर्वअमेरिकी वरिष्ठ अधिकारीलाई लक्षित गर्दै पठाउन लागिएको दाबी चिठी तथा पार्सलहरु जाँच्ने प्राविधिकहरुले गरेका छन् । तर यो काममा कसको संलग्नता छ भन्नेबारे अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

अमेरिकी संघीय अनुसन्धान व्यूरो (एफबीई)ले घटनालाई गम्भीरतापूर्वक लिएको जनाउँदै यसबारे अनुसन्धान भइरहेको बताएको छ ।अमेरिकामा यस्ता विस्फोटक पदार्थ हुलाकमार्फत् पठाइएको यो पहिलो घटना भने होइन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि यसैगरी विष्फोटक पदार्थ पठाइएको खबर प्रकाशमा आएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिमा शिष्ट र सभ्य हुन अमेरिकी जनतालाई आग्रह गरेका छन् । हुलाकमार्फत ओबामा, क्लिन्टन र सीएनएनको कार्यालयमा विस्फोटक पदार्थ पठाइएको घटना प्रकाशमा आएसँगै ट्रम्पले यस्तो आग्रह गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमजोर भए बामदेव र बादल
कमजोर भए बामदेव र बादल
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
उपनिर्वाचनको तयारीमा होमियो राप्रपा
उपनिर्वाचनको तयारीमा होमियो राप्रपा
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
महोत्तरीकि २१ वर्षिय युवती आफ्नै पार्लरमा बलात्कारको शिकार
महोत्तरीकि २१ वर्षिय युवती आफ्नै पार्लरमा बलात्कारको शिकार
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
कोरोनाको युद्ध जितेर घर फर्किइन् बागलुङकी युवती
कोरोनाको युद्ध जितेर घर फर्किइन् बागलुङकी युवती
बैकल्पीक उर्जासँग सहकार्य गर्दै फोहोरबाट ग्यासको उत्पादन: सांसद बस्नेत
बैकल्पीक उर्जासँग सहकार्य गर्दै फोहोरबाट ग्यासको उत्पादन: सांसद बस्नेत

तपाईंले छुटाउनुभयो कि?