झापाबाट ओली फर्किए,सुपतिर देउवा, प्रचण्डले एकै दिन सात सभालाई सम्बोधन..

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
६५ पटक हेरिएको
Shares
झापाबाट ओली फर्किए,सुपतिर देउवा, प्रचण्डले  एकै दिन सात सभालाई सम्बोधन..

सारांश

  • ९ असार, काठमाडौं ।
  • प्रमुख दलका प्रमुख नेता चुनावी दौडाहामा छन् ।
  • आफ्नो पक्षमा माहोल बनाउन सबै पार्टीका शीर्ष नेता देशका विभिन्न ठाउँमा पुगेका छन् ।

९ असार, काठमाडौं । प्रमुख दलका प्रमुख नेता चुनावी दौडाहामा छन् । आफ्नो पक्षमा माहोल बनाउन सबै पार्टीका शीर्ष नेता देशका विभिन्न ठाउँमा पुगेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनको लागि शुक्रबारबाट सुदूरपश्चिमको भ्रमणमा जाँदै छन् । उनी ६ दिन त्यहाँ रहने छन् ।

देउवाको शुक्रबार कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी ओली बिहीबार गृह जिल्ला झापाबाट फर्केका छन् । उनले १० असारमा विराटनगर र इटहरी तथा ११ गते भैरहवा र नवलपरासीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मात्रै बाँके, बर्दिया, कैलालीको सातभन्दा बढी चुनावी सभालाई सम्बोधन गरेका छन् । शुक्रबारको दिनभरको कार्यक्रम पनि एकदम टाइट रहेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि दोस्रो चरणको स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि देश दौडाहामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
आज बेलायती पाउण्डकाे भाउ कति पुग्याे ?
आज बेलायती पाउण्डकाे भाउ कति पुग्याे ?
एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने
एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट
कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा
काठमाडौँमा कोरोना संक्रमितको संख्या नाघ्यो १ हजार
काठमाडौँमा कोरोना संक्रमितको संख्या नाघ्यो १ हजार
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?

तपाईंले छुटाउनुभयो कि?