ब्राजिलः राष्ट्रपतिमा उग्रदक्षिणपन्थी बोल्सोनारु निर्वाचित

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १२, २०७५
|
|
५५ पटक हेरिएको
Shares
ब्राजिलः राष्ट्रपतिमा उग्रदक्षिणपन्थी बोल्सोनारु निर्वाचित

सारांश

  • ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र(दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन् ।
  • मतगणना लगभग सकिसक्दा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन् ।
  • उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडको पक्षमा ४५ प्रतिशत मत परेको छ ।

ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र(दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन् । मतगणना लगभग सकिसक्दा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडको पक्षमा ४५ प्रतिशत मत परेको छ ।

चुनावी अभियानका क्रममा बोल्सोनारुले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका थिए । चुनावी अभियान एकदमै आक्रामक र विभाजनकारी देखिएको थियो । निर्वाचनमा भिडेका दुवै पक्षले अर्को पक्ष विजयी भएमा ब्राजिल विनासतर्फ जाने तकै पेश गरेका थिए ।

पूर्वसैनिक अधिकारी बोल्सोनारु विजयी हुँदा सैनिक शासनतर्फ मुलुक जान सक्ने आशंका गरिएको छ । उनी स्वयम्ले सैनिक शासन हुँदा ब्राजिल निकै राम्रो रहेको चर्चा गर्दै आएका छन् । उनको यही भनाईलाई आधार बनाउँदै बोल्सोनारुका विपक्षीहरूले उनी ब्राजिलको लोकतन्त्रका निम्ति खतरा भएको दावी गर्ने गरेका छन् । यद्यपि जितपछि बोल्दै बोल्सोनारुले ’संविधान, लोकतन्त्र र स्वतन्त्रता’को आफूले रक्षा गर्ने बताए ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन
बलात्कार मुद्दामा हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय
बलात्कार मुद्दामा हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय
तीन दलको सहमतिको सरकार गठन गर्ने प्रचण्ड–माधव पक्षको प्रयास सुरु, कस्लाई के ?
तीन दलको सहमतिको सरकार गठन गर्ने प्रचण्ड–माधव पक्षको प्रयास सुरु, कस्लाई के ?
एमालेमा गुटैगुट : ‘१० भाइ’को झन बिजोग
एमालेमा गुटैगुट : ‘१० भाइ’को झन बिजोग
अमेरिकन आइडलको टप ५ मा पुगे दिवेश, एक घण्टे लाइभ भोटिङ सुरु, यसरी गर्नुस् भोट
‘हेड टु हेड’मा ब्राजिल बलियो कि स्विट्जरल्याण्ड!
‘हेड टु हेड’मा ब्राजिल बलियो कि स्विट्जरल्याण्ड!
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
खोलाले बगाएर ४ जनाको ज्यान गयो
प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?
प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?

तपाईंले छुटाउनुभयो कि?