झिलमिला ताल ओझेलमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५३ पटक हेरिएको
Shares
झिलमिला ताल ओझेलमा

सारांश

  • भीमदत्तनगर, ११ मङ्सिर , कञ्चनपुरको उत्तरी क्षेत्र चुरेमा रहेको धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको छ ।
  • पर्याप्त प्रचारप्रसार हुन नसक्दा झिलमिला ताल ओझेलमा परेको छ ।
  • चुरे पहाडमा रहेको ताल सदरमुकाम महेन्द्रनगरदेखि करीब २५ किलोमिटरको दूरीमा पर्छ ।

भीमदत्तनगर, ११ मङ्सिर , कञ्चनपुरको उत्तरी क्षेत्र चुरेमा रहेको धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको छ । पर्याप्त प्रचारप्रसार हुन नसक्दा झिलमिला ताल ओझेलमा परेको छ ।

चुरे पहाडमा रहेको ताल सदरमुकाम महेन्द्रनगरदेखि करीब २५ किलोमिटरको दूरीमा पर्छ । एक किलोमिटर लम्बाइ र ३०० मिटर चौडाइ रहेको उक्त तालमा भक्तजन पूजाअर्चनाका लागि जाने गर्छन् । पहाडले घेरिएको ताल वर्षात्का बेला आउने बाढी पहिरोका कारण सङ्कटमा परेको छ । तालको क्षेत्र घटदै गएको छ । तालमा विभिन्न प्रजातिका माछासमेत पाइन्छन । घाम परे पानीको रङ्ग परिर्वतन हुने झिलमिलामा पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

भीमदत्त नगरपालिका–९ का लालबहादुर विष्ट प्रचारप्रसारका अभावका कारण ताल ओझेलमा परेको बताउनुहुन्छ । “सरकारी निकायको ध्यान संरक्षणतर्फ जान सकेन,” उहाँले भन्नुभयो, “झिलमिला ताल धार्मिक पर्यटनको महत्वपूर्ण स्थल हो ।” तालमा पूजाअर्चनाका लागि भारतीय भक्तजनसमेत आउने गरेका छन् ।

द्वापर युगमा १२ वर्ष बनवास र एक वर्ष गुप्तवास बस्ने क्रममा पाण्डवको बास महाभारत पर्वतमा भएको र त्यस बेला महाभारत पर्वतमा हिँड्दै गर्दा द्रोपतीलाई तिर्खा लागेर बाटोमा मुर्छित भएपछि पाण्डवले पानीको पाउन सकेनन् । पानी नभेट्टाएपछि अर्जुनले वाण हानेपछि पानी जम्मा भएर झिलमिला ताल बनेको किवदन्ती छ । अहिले झिलमिलासम्म सघन सहरी विकास कार्यक्रमअन्तर्गत सडक निर्माण अघि बढाइएको छ । वन विभागले वातावरणीय प्रभाव मूल्याङ्कन गर्न गरेको ढिलाइका कारण केही समय सडक निर्माण प्रभावित भएको हो ।

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन ताराकोटमा चालु आर्थिक वर्षमा पाँच तले भ्यूटावर निर्माण थालिने बताउनुभयो । गुरुयोजना बनाएर ताल संरक्षणका लागि कार्यक्रम अगाडि बढाइएको छ ।

(www.losaltosresort.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलियाका बुबा दुई दशक पछि निर्देशन गर्दै “सडक २”
आलियाका बुबा दुई दशक पछि निर्देशन गर्दै “सडक २”
सल्यानि गाएक नेत्र भण्डारीकाे ‘फुलबुट्टे चाेली’ बजारमा
सल्यानि गाएक नेत्र भण्डारीकाे ‘फुलबुट्टे चाेली’ बजारमा
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट
प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट
‘तेलयुद्ध’ ले इन्धनको मूल्य छ गुणा घट्दै
‘तेलयुद्ध’ ले इन्धनको मूल्य छ गुणा घट्दै
वीर अस्पतालको ‘भीभीआईपी’ सधै खाली
वीर अस्पतालको ‘भीभीआईपी’ सधै खाली
Exactly what is a Mail Purchase Bride? — Facts And Fiction On this Crazy Dating Service
Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु
Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि  उम्मेदवार सिफारिस
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस
प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने
प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने

तपाईंले छुटाउनुभयो कि?