वीर अस्पतालको ‘भीभीआईपी’ सधै खाली

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
वीर अस्पतालको ‘भीभीआईपी’ सधै खाली

सारांश

  • वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा अति अतिविशिष्ट (भीभीआईपी) कक्ष छ।
  • हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा बिच्छ्याइएको छ।
  • बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरणजडित छ।

वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा अति अतिविशिष्ट (भीभीआईपी) कक्ष छ। हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा बिच्छ्याइएको छ। बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरणजडित छ। बाथटबसहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छ।

स्टोरसहितका आठवटा भीभीआईपी कक्षका विभिन्न कोठामा आगन्तुकका लागि महँगो सोफा छ। अस्पतालको सुविधासम्पन्न भीभीआईपी शड्ढयामा तीस वर्षयता कोही पनि सेवा लिन पुगेका छैनन्। तर पनि हरेक साताको कम्तीमा दुईपटक पुछपाछ भइरहेको छ। महँगा बिलासी सोफामा धुलो पर्न नदिन प्लास्टिकले बेरेर राखिएको छ। भीभीआईपी कक्षकी इन्चार्ज सीता अर्याल भन्छिन्, ‘ठूला व्यक्ति आउन सक्ने भएकाले सफा चिटिक्क त पार्नैपर्‍यो नि।’

अस्पतालले तयार पारेको निर्दे्शिकाअनुसार भीभीआईपी व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति र बहालवाला उपप्रधानमन्त्रीसमेत पर्छन्। गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो। प्रधानमन्त्री केपी ओली पनि शिक्षण अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका छन्। प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च रक्तचाप भएको जनाउँदै नर्भिक इन्टरनेसनल अस्पतालमा बसे। पूर्वराष्ट्रपति रामवरण यादव दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए। तर उनले पनि भीभीआईपी कक्ष उपयोग गरेनन्।

२०४६ सालअघि राजपरिवारका सदस्यले भीभीआईपी कक्षको उपयोग गरेको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले जानकारी दिए। तीस वर्षयता मुलुकका भीभीआइपीहरू सेवा लिन नआए पनि उक्त कक्ष चुस्त ढंगले राखिएको छ।

इन्चार्ज अर्यालका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका विदेशी राष्ट्राध्यक्ष आउँदा पनि भीभीआईपी कक्ष तयारी अवस्थामा राखिएका थिए। स्टोरसहितका आठवटा कक्ष भीभीआईपीका लागि छुट्याइएको छ। मनिटरसहितको वातानुकूलित यन्त्र (एसी) जडित शैय्या छ। मुटु परीक्षणका लागि ‘डिफ्रिब्रिलेटर’ जडान गरिएको छ। ईसीजीको व्यवस्था छ। शड्ढयामै मुटुको चाल मापन गर्न सकिने उपकरण, अक्सिजन आपूर्ति गर्न सकिने आधुनिक उपकरण रहेको इन्चार्ज अर्यालले जानकारी दिइन्।

त्यस्तै माइक्रोओभन, ग्यास चुलो र सोफासहितको व्यवस्थित किचेन कोठा छ। बिरामी भीभीआईपीलाई भेट्न आउने आगन्तुक, सुरक्षा गार्ड, स्वास्थ्यकर्मी बस्ने सुविधायुक्त छुट्टाछुट्टै कक्ष छन्। भीभीआईपी आउनासाथ सेवामा जुट्न ६ जना नर्सिङ जनशक्ति र अन्य सातजना कर्मचारी चौबिसै घण्टा तैथान छन्। अस्पतालका निर्देशक डा. सेन्चुरी भन्छन्, ‘भीभीआईपीहरू आइदिए हुन्थ्यो। दक्ष चिकित्सक पनि छन्। हामी सेवा गर्न आतुर छौं।’ अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
‘बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है’
‘बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है’
Azərbaycanda onlayn kazino Pin Up Pin Up slot maşınlar
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत
देवकोटासँग जोडिएको एक बिरामी:  पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
देवकोटासँग जोडिएको एक बिरामी: पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
नर्सहरू यूके पठाउने नेपाल सरकारको योजना कहाँ पुग्यो?
नर्सहरू यूके पठाउने नेपाल सरकारको योजना कहाँ पुग्यो?
६ वटामध्ये एउटा प्रदेशमा मात्रै माओवादीलाई सरकार बनाउन दिने एमालेको संकेत
६ वटामध्ये एउटा प्रदेशमा मात्रै माओवादीलाई सरकार बनाउन दिने एमालेको संकेत
नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै
नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !