मैदानमा खटिए निर्वाचन अधिकृत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ९, २०७९
|
|
४६ पटक हेरिएको
Shares
मैदानमा खटिए निर्वाचन अधिकृत

सारांश

  • ही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
  • यस्तै ७५३ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
  • गत चैत १३ गते नियुक्त भएका उनीहरुले आगामी जेठ मसान्तसम्म स्थानीय तहमा रहेर काम गर्नेछन् ।

ही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस्तै ७५३ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । गत चैत १३ गते नियुक्त भएका उनीहरुले आगामी जेठ मसान्तसम्म स्थानीय तहमा रहेर काम गर्नेछन् ।

निर्वाचन सम्पन्न गरी उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिने तथा गाउँ तथा नगर कार्यपालिकाको चुनाव गराएर मात्रै उनीहरुको काम सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘निर्वाचन अधिकृतको काम उम्मेदवारी दर्ता गर्नेदेखि मतदान गराउने, मतगणना गराउनेदेखि निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र दिनेसम्मको काम हुन्छ । यस्तै स्थानीय तहमा पदाधिकारी निर्वाचित भइसकेपछि गाउँ तथा नगर कार्यपालिकाको चुनाव गराएर मात्र उहाँहरु फर्किनुहुनेछ ।’

स्थानीय तहमा कार्यालय स्थापना गरेका निर्वाचन अधिकृतहरूले तत्काल स्थानीय राजनीतिक दलहरूसँग अन्तरक्रिया गरेर निर्वाचन कार्यक्रमको सूचना टाँस गर्नेछन् । आचारसंहिता अनुगमनदेखि निर्वाचनसम्बन्धी काम गर्नका लागि उनीहरुले आफ्नो कार्यालयमा १० जनासम्म कर्मचारी नियुक्त गर्छन् ।

यस्तै वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्छन् । त्यसपछि उम्मेदवारमाथिको दावी विरोधको सूचना निकाल्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने काम गर्छन् । उम्मेदवारको अन्तिम नाम प्रकाशन गरेसँगै उनीहरुलाई निर्वाचन चिह्न वितरण गर्छन् । निर्वाचनको दिनको अघिल्लो दिनभित्र मतदानस्थल र केन्द्रको व्यवस्थापन गर्छन् ।

वैशाख ३० गते मतदान केन्द्रमा निर्वाचन गराउँछन् । मतदान स्थलमा अधिकृत, सहायक मतदान अधिकृतलाई खटाइन्छ । मतदान सकिएपछि मतपेटिका संकलन गरी मतगणना सम्पन्न भएपछि मतपरिणाम सार्वजनिक गर्छन् । निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र दिने तथा निर्वाचित भएको १५ दिनभित्र गाउँ÷नगर कार्यपालिकाको निर्वाचन गराएपछि उनीहरुको काम सम्पन्न हुन्छ । आगामी जेठ महिनाभर उनीहरुको पदावदी कायम रहने आयोगले जनाएको छ । आयोगले गत चैत १३ गते ७७ जिल्ला न्यायाधीश तथा राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत तोकिएको थियो ।

निर्वाचन अधिकृतले कार्यालय व्यवस्थापन गर्दै सम्बन्धित क्षेत्रमा काम सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ । यसैबीच आयोगले निर्वाचनमा लागि चाहिने ५८ प्रकारका निर्वाचन सामग्री तयार गरेको छ । ती सामग्रीहरु आयोगले केन्द्रबाट जिल्ला निर्वाचन कार्यालयहरूमा पठाउन थालको आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए । उनले भने, ‘आयोगले निर्वाचनका लागि चाहिने सबै सामग्री तयार पारेको छ । ती सामग्रीलाई पोका पोका बनाएर बिभिन्न जिल्लाहरुमा पठाउने काम भइरहेको छ । निर्वाचनको मितिभन्दा अगाडि नै सबै निर्वाचन अधिकृतको कार्यालयमा ती सामग्री पु–याइसक्नेछौँ ।’

यस्तै आयोगले हालसम्म १ करोड २० लाख हाराहारी मतपत्र प्रकाशन गरिसकेको छ । आयोगले झन्डै २ करोड मतपत्र प्रकाशन गर्ने तयारी अनुसार काम गरिरहेको छ । केही दुर्गम जिल्लाहरुमा आयोगले मतपत्र पठाउने काम समेत सुरु गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Will be Mail Purchase Brides Legal?
१८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना
१८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना
घरपोझङमा एमाले उम्मेदवारलाई २ मतले हराउँदै कांग्रेसका लालचन विजयी
घरपोझङमा एमाले उम्मेदवारलाई २ मतले हराउँदै कांग्रेसका लालचन विजयी
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
सुनसरी ३ मा विजय गच्छदार पछि परे
सुनसरी ३ मा विजय गच्छदार पछि परे
रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या
रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या
विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष
विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष
दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो, फागुनमा मुद्रास्फीति ७.१४ प्रतिशत
दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो, फागुनमा मुद्रास्फीति ७.१४ प्रतिशत
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
ओलीको गृहजिल्लामा दोहोरियो भरतपुर काण्ड! अर्जुनधारा २ मा पुनःमतगणनाको माग
ओलीको गृहजिल्लामा दोहोरियो भरतपुर काण्ड! अर्जुनधारा २ मा पुनःमतगणनाको माग

तपाईंले छुटाउनुभयो कि?