विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५६ पटक हेरिएको
Shares
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा

सारांश

  • कठामाडौँ, ११ मङ्सिर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ ‘पार्किङ भवन’मा सारेको छ ।
  • अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रकोे चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ ।
  • निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङको नयाँ व्यवस्था गरेको हो ।

कठामाडौँ, ११ मङ्सिर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ ‘पार्किङ भवन’मा सारेको छ ।

अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रकोे चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ । निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङको नयाँ व्यवस्था गरेको हो ।

टर्मिनल अघि अव्यवस्थित पार्किङले अस्तव्यस्त भएको र बढ्दो सवारी चापले यात्रुलाई असहज भएकाले पार्किङ तलको क्षेत्रमा सारिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिनुभयो ।

“टर्मिनल अघि सवारीको अस्तव्यस्ता देखिएको र यात्रुलाई असुविधाका साथै भीडभाडमा अवाञ्छित गतिविधि पनि हुनसक्ने भएकाले हामीले पार्किङ भवनमा सवारी पार्क गर्ने व्यवस्था गरेका हांै,”उहाँले भन्नुभयो,

“नजिकिएको एशिया प्यासिफिक सम्मेलनलाई समेत मध्यनजर गर्दै सरोकार भएका निकायसँग छलफल गरेर पार्किङको नयाँ व्यवस्था गरिएको प्रवक्ता तिवारीको भनाई छ ।” यो व्यवस्थापछि सवारी साधनले अब विमानस्थलको गोल्डेन गेटबाट प्रवेश गरेर बाहिरिदा पार्किङ भवनको नयाँ गेट प्रयोग गर्नुपर्नेछ ।

यही मङ्सिर ९ गतेदखि विमानस्थलको माथिल्लो भागको पार्किङ ‘पार्किङ भवन’ मा सारेको हो । माथिल्लो भागमा हरियो नम्बर प्लेट भएका १० वटा र कालो नम्बर प्लेट भएका १० वटा मात्रै ट्याक्सी हुन्छन् । बाँकी सम्पूर्ण ट्याक्सी भवनमा पार्किङ गरिनेछ । विशिष्ट र अतिविशिष्ठ पाहुनाको पार्किङ भने पहिलाकै स्थानमा हुनेछ ।

एउटा ट्याक्सीले यात्रुलाई लिएर जान्छ । त्यसपछि मात्रै पार्किङ गरिएको ठाउँबाट अर्को ट्याक्सीमाथि उक्लिन्छ । निजी सवारी साधनले पनि भवनमा पार्किङ गरेर आफ्ना पाहुनालाई कुर्नुपर्नेछ । यात्रुको सहजताका लागि पार्किङको समस्या भएका अन्य स्थलको पनि आन्तरिक व्यवस्थापनका लागि परेको विमानस्थलले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार माध्यममा २५ वटा आचारसंहिता उलङ्घनका घटना !
बढ्न थाल्यो सिमेन्ट निर्यात
बढ्न थाल्यो सिमेन्ट निर्यात
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
२१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन: मुख्यमन्त्री गुरुङ
२१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन: मुख्यमन्त्री गुरुङ
छत्तिसगढमा १४ माओवादी विद्रोहीको मृत्यु !
छत्तिसगढमा १४ माओवादी विद्रोहीको मृत्यु !
कोरोना संक्रमित युवाले अस्पतालको सातौं तलाबाट हामफाले
कोरोना संक्रमित युवाले अस्पतालको सातौं तलाबाट हामफाले
हमास नियन्त्रणमा रहेका चार बन्धकको जिवितै उद्धार
हमास नियन्त्रणमा रहेका चार बन्धकको जिवितै उद्धार
विद्यार्थीकाे चाप थेग्ने सामुदायिक विद्यालयलाई मुस्किल
विद्यार्थीकाे चाप थेग्ने सामुदायिक विद्यालयलाई मुस्किल
हिल्सा हुँदै  मानसरोवर  जाने तीर्थयात्रीको संंख्या बृद्धि
हिल्सा हुँदै  मानसरोवर  जाने तीर्थयात्रीको संंख्या बृद्धि
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो

तपाईंले छुटाउनुभयो कि?