चीन, रुस र भारतबीच त्रिपक्षीय सहयोग विस्तारमा सहमत

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर १५, २०७५
|
|
६१ पटक हेरिएको
Shares
चीन, रुस र भारतबीच त्रिपक्षीय सहयोग विस्तारमा सहमत

सारांश

  • चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन् ।
  • चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताकाक्रममा यस्तो सहमति भएको बताइएको छ ।
  • विश्वमा शान्ति, विकास र स्थायित्वका लागि तीन देशले आपसमा समझदारी र समन्वयका साथ अघि बढ्नुका साथै यी देशको द्धिपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने धारणा उनीहरुको छ ।

चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताकाक्रममा यस्तो सहमति भएको बताइएको छ ।

विश्वमा शान्ति, विकास र स्थायित्वका लागि तीन देशले आपसमा समझदारी र समन्वयका साथ अघि बढ्नुका साथै यी देशको द्धिपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने धारणा उनीहरुको छ ।

शुक्रबार ब्यूनस आयर्समा भएको त्रिपक्षीय तथा संयुक्त भेटकाक्रममा सो सहमति भएको जनाइएको छ । उनीहरुबीच शुक्रबार साँझ अनौपचारिक भेट र वार्ता भएको हो ।

सो भेटकाक्रममा चिनियाँ राष्ट्रपति सीले चीन, रुस र भारत एकापसका महत्वपूर्ण तथा रणनीतिक साझेदार राष्ट्र भएकाले पनि एकापसमा मिलेर सहयोग र समन्वयका कार्यक्रम बनाउनुपर्ने धारणा राखे ।

राष्ट्रपति सीले तीन देशको साझा चासो र एकैखाले विकास लक्ष्यका साथ अघि बढ्नसकेमा क्षेत्रीयरुपमामात्र नभएर विश्वकै विकास र स्थायित्वमा पनि ठूलो सघाउ पुग्ने बताए ।

गएका १० वर्षमा तीनओटै देशले सक्रिय, द्धिपक्षीय तथा त्रिपक्षीयरुपमा वार्ता गर्दै आएको, निकै खुलारुपमा भएका ती वार्ता तीन देशबीच खुलापनको प्रवर्धन, आपसी एकताका साथै समझदारी निर्माण र आपसी विश्वासमा आधारित आयोजनाको निर्माण गर्न सघाउ पुगेको उनले बताए ।

अहिले क्षेत्रीय, विश्वव्यापीरुपमा पनि एक किसिमले भन्ने हो भने विभिन्नखालका र नयाँ–नयाँ चुनौतीको विकास भइरहेकाले यस्ता समस्या समाधान सामूहिकरुपमा खोज्नका लागि पनि त्रिपक्षीय वार्तालाई अघि बढाउन आवश्यक रहेको पनि राष्ट्रपति सीले बताए ।

उनले तीन देशले आगामी दिनका लागि नयाँखालको सम्बन्ध विस्तार गरी आपसी राजनीतिक विश्वासका साथ अघि बढ्नसके यस क्षेत्रमा र विश्वमासमेत देखिएका यस्ता नयाँ–नयाँ समस्याको समाधानका लागि सहयोग पुग्ने धारणा सो त्रिपक्षीय भेटका अवसरमा राखेका थिए ।

राष्टपति सीले जी–२० का साथै ब्रिक्स र साङघाई कोअपरेसन अर्गनाइजेसनसमेत गरी तीन देशले एक अन्तर्राष्ट्रिय त्रिपक्षीय साझा संयन्त्रको विकास गरी अघि बढ्नुपर्नेमा जोड दिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?
ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?
जहाज उड्ने बेलामा मन्त्री यादवको पासपोर्ट हराएपछि …
भोट दिने बेला भीमसेनदास प्रधान र झक्कु सुवेदीको जम्काभेट
भोट दिने बेला भीमसेनदास प्रधान र झक्कु सुवेदीको जम्काभेट
सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै
सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै
विधान विपरीतको निर्णय खारेज गर्न माग
विधान विपरीतको निर्णय खारेज गर्न माग
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा फोरम र सुरक्षाकर्मीबीच झडप, चार घाइते, दुईको अवस्था गम्भीर
सप्तरी–३ मा काँग्रेसको अग्रता
सप्तरी–३ मा काँग्रेसको अग्रता
बनेपाको पाउरोटी उद्योगमा सिल
बनेपाको पाउरोटी उद्योगमा सिल

तपाईंले छुटाउनुभयो कि?