के प्रियंकाले निकलाई धोकामा विवाह गरेकि हुन् ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
के प्रियंकाले निकलाई धोकामा विवाह गरेकि हुन् ?

सारांश

  • अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले यही डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरेका छन् ।
  • उनीहरुको विवाहपछि अमेरिकाको द कट नामको एक अनलाइनले एक यस्तो लेख प्रकाशित गर्‍यो जसका कारण बलिउडका कलाकारदेखि संसारभरका प्रियंकाका फ्यानहरु भड्कीए ।
  • अमेरिकाको ‘द कट’ नामको म्यागेजिनले बुधबार ‘के प्रियंका चोपडा र निक जोनसको माया साँचो हो ?

अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले यही डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरेका छन् । उनीहरुको विवाहपछि अमेरिकाको द कट नामको एक अनलाइनले एक यस्तो लेख प्रकाशित गर्‍यो जसका कारण बलिउडका कलाकारदेखि संसारभरका प्रियंकाका फ्यानहरु भड्कीए ।

अमेरिकाको ‘द कट’ नामको म्यागेजिनले बुधबार ‘के प्रियंका चोपडा र निक जोनसको माया साँचो हो ? भन्दै एक लेख प्रकाशित गरेको थियो । यो लेख अमेरिकी पत्रकार मारिया स्मिथले लेखेकी हुन् । साथै यो लेखमा प्रियंकालाई ग्लोबल स्क्याम आर्टिस्ट भनिएको छ भने प्रियंका र निकको विवाहलाई एक धोका बताउँदै निकका साथ प्रियंकाले जबरजस्ती विवाह गरेको बताइएको छ । मारिया स्मिथले उनको यस लेखमा प्रियंका र निकबीचको विवाह प्रियंका र उनको टिमद्वारा योजनाबद्ध भएको र यो सम्बन्ध निकको इच्छा विपरित भएको उल्लेख गरिएको छ ।

लेखमा ‘प्रियंका चोपडाका लागि महंगा वस्तुहरु र पैसा अति आवश्यक रहेको र त्यसैका लागि निकका साथ विवाह गरेको बताइएको छ । साथै अगाडि लेखिएको छ ‘विवाह निकै सुन्दर चिज हो । यस कुराले हरेको मनमा एक किसिमको उमंग सिर्जना गर्छ तर दुखको कुरा यो छ की यस विवाहले कुनै पनि किसिमको भावना सिर्जना गरेन । खासमा निक हलिउडमा आएकी यि नयाँ महिला (प्रियंका)का साथ केही दिन बिताउन मात्रै चाहन्थ्यो ।

तर यि ग्लोबल स्क्याम आर्टिस्टका साथ उनले जन्म कैदको सजाय भोग्नु पर्‍यो । यो भन्दा पनि धेरै दुःखद कुरा यो छ की यस ग्लोबल स्क्याम आर्टिस्ट (प्रियंका चोपडा)ले निकलाई घोडाको पिठ्यूमा बसाएर विवाह गरिसकिन् र निकलाई एक पटक पनि सोधिनन के उनी त्यस घोडामा सहज महसुस गरिरहेका छन्’ । साथै लेखको अन्तमा लेखिएको छ ‘निक यदी तिमी यो लेख पढीरहेका छौ भने जति सक्दो छिटो त्यस घोडामा बसेर त्यहाँबाट छिट्टै बाहिर निस्कनु ।’

बुधबार ‘द कट’ को यो आर्टिकल सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बलिउड कलाकारहरु तथा प्रियंकाकी जेठानी तथा हलिउड अभिनेत्री सोफी टर्नरल यो लेख निकै नै घटिया तथा लाजमर्दो लेख भएको र यस्तो लेख प्रकाशित गर्ने ‘द कट’ अनलाइनले यसको जवाफ दिनुपर्ने बताएकी थिइन् । अभिनेत्री सोनम कपूरले लेखेकी छिन् ‘अति नै घटिया, नश्लभेदी तथा महिला विरोधी लेख । त्यसमा पनि एक महिलाले लेखेको लेख जुन निकै दुःख लाग्दो हो । धिक्कार छ तिमीलाई मारिया ।

साथै प्रियंकाकी जेठानी सोफी टर्नर तथा निक जोनसका दाइ जोइ जोनसले पनि निकै नै अपमान जनक तथा अभद्र लेख भन्दै ‘द कट’ जस्तो अनलाइनले यस्ता व्यक्तिलाई नकारात्मक कुरा लेख्ने मौका दिनु निकै दुःखद् रहेको बताएका छन् ।  बलिउड तथा हलिउड कलाकारहरुको चर्को विरोधका साथै सामाजिक संजालमा अत्याधिक आलोचना पछि ‘द कट’ अनलाइनले माफी माग्दै लेखलाई हटाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन पटक–पटक भोक लाग्छ ? यस्ताे छ कारण
किन पटक–पटक भोक लाग्छ ? यस्ताे छ कारण
ट्रक खस्दा दुई जनाको मृत्यु, एक घाइते
२९ जना जनता रहेकाे याे देश जहाँका राष्ट्रपतिले नै घुमाउँछन् पर्यटकलाई !
२९ जना जनता रहेकाे याे देश जहाँका राष्ट्रपतिले नै घुमाउँछन् पर्यटकलाई !
हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह
हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन्  केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन् केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
बहस– २ : वामगठबन्धनले बाबुरामलाई अर्थमन्त्री बनाए के हुन्छ ?
बहस– २ : वामगठबन्धनले बाबुरामलाई अर्थमन्त्री बनाए के हुन्छ ?
जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ
जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ
आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग
आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग
राजपा अध्यक्ष मण्डलको बैठक बस्दै
राजपा अध्यक्ष मण्डलको बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?