ट्रक खस्दा दुई जनाको मृत्यु, एक घाइते

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २६, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • चितवन २६ साउन ।
  • चितवनको नारायणगढ¬मुग्लिन सडकखण्ड अन्तर्गत जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
  • आज बिहान पौने ५ बजेतिर भारतबाट काठमाडौं जाँदै गरेको एमएच ९४२९ टी ९०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन २६ साउन । चितवनको नारायणगढ¬मुग्लिन सडकखण्ड अन्तर्गत जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

आज बिहान पौने ५ बजेतिर भारतबाट काठमाडौं जाँदै गरेको एमएच ९४२९ टी ९०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान मृत्यु भएको र अर्का एकजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलम घाइते भएको र उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(https://bparlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपक मनाङेबारे पार्टीलाई कुनै चासो नभएको ओलीको भनाई
दीपक मनाङेबारे पार्टीलाई कुनै चासो नभएको ओलीको भनाई
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
ओली-प्रचण्ड सम्बन्ध : माया बैगुनी, नभइ नहुनी
ओली-प्रचण्ड सम्बन्ध : माया बैगुनी, नभइ नहुनी
सलमानको पत्नी बन्दै प्रियंका
सलमानको पत्नी बन्दै प्रियंका
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
‘किस सीन’का कारण पत्नीले छाेडेका यी हिराे
‘किस सीन’का कारण पत्नीले छाेडेका यी हिराे
आफै नियम बनाउँछन्, आफै मिच्छन् – कार्यविधिविपरीत रक्षामन्त्री प्रधानलाई ५० लाख
आफै नियम बनाउँछन्, आफै मिच्छन् – कार्यविधिविपरीत रक्षामन्त्री प्रधानलाई ५० लाख
प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती
प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ

तपाईंले छुटाउनुभयो कि?