प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती

सारांश

  • काठमाडौं।
  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रचण्डपुत्र प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको छ।
  • प्रचण्डको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको हो।

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रचण्डपुत्र प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको छ।प्रचण्डको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं।

यस प्रकारका षडयन्त्रप्रर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं।’प्रचण्डकातर्फबाट प्रमुख सकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा जनक्रान्तिका उपलब्धी विूद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको उल्लेख गरिएको छ। क्रान्तिकारी धुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसकै पछिल्लो कडीको रुपमा प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन्। दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ। यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
लकडाउन अन्त भएको दिन एक सय जना संक्रमित थपिए
लकडाउन अन्त भएको दिन एक सय जना संक्रमित थपिए
सुशासन समितिद्वारा अख्तियार प्रमुखसँग छलफल गर्ने निर्णय
सुशासन समितिद्वारा अख्तियार प्रमुखसँग छलफल गर्ने निर्णय
सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा
सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा
गवर्नर अधिकारी निलम्बित, कारण के ?
गवर्नर अधिकारी निलम्बित, कारण के ?
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)
याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)
असोज ३० गते विहिबारको राशिफल यस्तो छ
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?