एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ३०, २०७४
|
|
५१ पटक हेरिएको
Shares
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते

सारांश

  • काठमाडौं, ३० पुस ।
  • एमाले–माओवादी केन्द्रको कार्यदलको आज बसेको बैठकले ७ वटै प्रदेश र समग्र मुलुकभरकै परिस्थितिको विश्लेषण र आँकलन गरेको छ ।
  • एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कार्यदलको बैठकले माघ ३ गते पुनः अर्को बैठक बसेर सबै विषयमा टुङ्गोमा पुग्ने सहमति गरेको छ ।

काठमाडौं, ३० पुस । एमाले–माओवादी केन्द्रको कार्यदलको आज बसेको बैठकले ७ वटै प्रदेश र समग्र मुलुकभरकै परिस्थितिको विश्लेषण र आँकलन गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कार्यदलको बैठकले माघ ३ गते पुनः अर्को बैठक बसेर सबै विषयमा टुङ्गोमा पुग्ने सहमति गरेको छ ।

बैठकमा सहभागी एमाले नेता शंकर पोख्रेलले शिखरन्युजसँग कुरा गर्दै भने, “आज सामान्य कुराकानी भयो । परिस्थितिको विश्लेषण भयो । मुलुकका सातवटै प्रदेशको अवस्थाबारे विचारविमर्श भयो ।” नेता पोख्रेलले आगामी माघ ३ गते बस्ने कार्यदलको अर्को बैठकले सबै कुरा टुङ्गो लगाउने सहमति भएको जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकारको निर्माण लगायतका विषयमा टुङ्गोमा पुग्न एमाले–माओवादी केन्दको कार्यदल गठन भएको हो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा “बादल”, बर्षमान पुन “अनन्त” र मातृका यादव रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?